Techie IT
  • The Film Nepal
  • २०८३ असार २६ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारटेलिफोनदेखि डिजिटल युगसम्म : आज विश्व दूरसञ्चार दिवस

    टेलिफोनदेखि डिजिटल युगसम्म : आज विश्व दूरसञ्चार दिवस


    काठमाडौं । आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सञ्चार प्रविधिबारे नागरिकलाई सू–सूचित गर्दै हरेक वर्ष मे १७ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

    सन् १८६५ मे १७ मा आयोजित पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनले अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेशन यूनियन (आईटीयू) स्थापनाको आधार तयार गरेको थियो । सोही दिनको स्मरणमा सन् २००५ देखि विश्वभर विश्व दूरसञ्चार दिवस मनाउन थालिएको हो । अहिले यो दिवसलाई ‘विश्व दूरसञ्चार तथा सूचना समाज दिवस’का रूपमा समेत मनाइन्छ । अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन अन्तर्गत रहेका १९३ सदस्य राष्ट्रमा यो दिवस विविध कार्यक्रमसहित मनाउने गरिन्छ ।

    एक दशकअघिसम्म यो दिवस मुख्यतः दूरसञ्चार सेवाको विस्तारमा केन्द्रित रहने गरे पनि अहिले सूचना प्रविधि, डिजिटल पहुँच, इन्टरनेट सुरक्षा र डिजिटल साक्षरताजस्ता विषयलाई प्राथमिकतामा राख्न थालिएको छ ।

    नेपालमा पनि पछिल्ला वर्षहरूमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ । एक समय टेलिफोन सुविधा सीमित व्यक्तिको पहुँचमा मात्र थियो । टेलिफोन लाइन जडान गर्न लामो प्रतीक्षा र शक्तिको पहुँच आवश्यक पर्ने अवस्था थियो । तर अहिले मोबाइल फोन र इन्टरनेट सेवा आम नागरिकको दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ ।

    विशेषगरी २०४७ सालपछि प्रजातन्त्र पुनःस्थापनासँगै नेपालमा सूचना प्रविधिको विकास तीव्र गतिमा अघि बढेको मानिन्छ । आधारभूत टेलिफोन सेवाबाट सुरु भएको यात्रा अहिले आधुनिक मोबाइल सेवा, उच्च गतिको इन्टरनेट र डिजिटल सेवासम्म पुगेको छ । सञ्चार प्रविधिको विस्तारले शिक्षा, स्वास्थ्य, व्यापार तथा सार्वजनिक सेवामा समेत व्यापक परिवर्तन ल्याएको विज्ञहरूको भनाइ छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सार्वजनिक सञ्चारमाध्यममा करार नियुक्तिमा कडाइ, अत्यावश्यक अवस्थामा मात्रै कर्मचारी राख्न…

    काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) र राष्ट्रिय समाचार समिति (रासस)मा

    सरकार ‘होसहवासमा छैन’, लोकतन्त्र संकटमा छ : ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको १०० दिनको कार्यसम्पादनको समीक्षा गर्दै वर्तमान सरकार ‘होसहवासमा नरहेको’ आरोप

    सहकारी बन्द होइन, सुधार गरेर व्यवस्थित गरिन्छ : मन्त्री प्रतिभा…

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रलाई तत्काल बन्द गर्नु सरकारको उद्देश्य नभएको स्पष्ट पार्दै

    काठमाडौं महानगरको माइक्रोबायोलोजी प्रयोगशाला सञ्चालनमा, खाद्य गुणस्तर परीक्षण अब छिटो…

    काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित माइक्रोबायोलोजी प्रयोगशाला सञ्चालनमा ल्याएको छ। काठमाडौं प्लाजामा

    टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १३ जनाले पाए…

    टेरामक्स प्रविधि खरिदसँग सम्बन्धित बहुचर्चित भ्रष्टाचार मुद्दामा विशेष अदालतले तत्कालीन सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ।

    प्रतिनिधिसभाबाट पर्यटन विधेयक समितिमा, दफावार छलफलका लागि सर्वसम्मत स्वीकृति

    काठमाडौं ।  खडक राज पौडेल ले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने

    Techie IT