Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २३ मंगलवार

    अपडेट
    गृहपृष्ठराजनीतिटेक एन्ड पे व्यवस्था संशोधन हुन्छ:मन्त्री खड्का

    टेक एन्ड पे व्यवस्था संशोधन हुन्छ:मन्त्री खड्का


    काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काले बजेटमा व्यवस्था गरिएको ‘टेक एन्ड पे’ संशोधनका लागि अर्थमन्त्रालयलाई पत्र पठाएको बताएका छन् ।साना जलविद्युत् योजना र निर्यात सुनिश्चित भएका आयोजनामा ’टेक अर पे’ नै उपयुक्त हुने मन्त्रीको भनाइ छ ।

    सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका पश्नको जवाफ दिँदै उनले टेक एन्ड पेको व्यवस्था संशोधन संशोधनका लागि जेठ २७ गते नै अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको जानकारी दिएका हुन् ।उनले भने,‘ टेक एन्ड पेको विषय चर्चामा छ । नेपाल विद्युत् प्राधिकरणको राय सुझावको आधारमा १० मेगावाटसम्मका साना जलविद्युत् योजना र विद्युत् खपत, निर्यात सुनिश्चित भएका रन अफ रिभर आयोजनाको विद्युत् खरिद सम्झौता टेक अर पे नै राख्न उपयुक्त हुने भएकाले ऊर्जा मन्त्रालयले संशोधनको लागि अर्थ मन्त्रालयमा पठाएको छ । अर्थमन्त्रीसँग पर्याप्त छलफल भएको छ । संशोधन भएर आउने विश्वास लिएको छु ।’

    त्यस्तै उनले उद्योगीहरूसँगको बक्यौता नियमसंगत र प्रक्रियागत ढंगले उठाइने पनि बताए।उनले भने, ’बक्यौता संकलन गर्नका लागि प्रक्रियागत ढंग अपनाइन्छ र यसमा कुनै कदाचित भ्रमको स्थान छैन।’

    त्यस्तै भारतका कारण कसरी लोडसेडिङ अन्त्य भयो भनेर उठाइएको प्रश्नको उत्तर दिँदै उनले,‘भारतमा हामी विद्युत बिक्री पनि गर्छौँ। बर्खायाममा बेच्छौँ र हिउँदमा किन्छौँ। किन्नेबेच्न भइरहेको छ। हामीलाई चाहिएको बेलामा उहाँहरूले दिने उहाँहरूलाई चाहिएको बेलामा हामीले दिने भएको कारणले यो लोडसेडिङ अन्त्य हुने विषयमा विद्युत नभई लोडसेडिङ अन्त्य हुँदैन। त्यसै व्यक्तिले गरेर हुने कुरा भएन। यसरी आदान प्रदान भएर लोडसेडिङको अन्त्य हुँदै आएको हो। हामीले निर्यात पनि गरिरहेको छौं।’




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कस्तो रहला आजको मौसम ?

    काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ ।जल तथा मौसम विज्ञान

    वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन –…

    काठमाण्डौ मंसिर २२,सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

    प्रभु बैंकका शेरचनलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको

    गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

    काठमाडौं।सर्वोच्च अदालतले १९ वर्षअघि भएको गौरहत्याकाण्डको बारेमा छानबिन गर्न परमादेश जारी गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहटमा परेको किटानी जाहेरका आधारमा

    जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन

    काठमाडौं। २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा

    निर्वाचन आयोगद्धारा दललाई निर्वाचन चिन्ह प्रदान, पहिलो नम्बरमा सूर्य, दोस्रोमा…

    काठमाडौं।निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा निर्वाचनमा भाग लिने दलहरुलाई ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।१ सय २० वटा राजनीतिक

    Techie IT