Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २९ सोमबार

    अपडेट
    गृहपृष्ठखेलकुदटी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

    टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित


    काठमाण्डाै |  आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको छ ।

    घरेलु मैदानमा आजबाट सुरु भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय २३ रनको लक्ष्य थाइल्यान्डले १६ ओभर ५ बलमा २ विकेटको क्षतिमा पूरा गर्यो । थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । बलिङमा नेपालकी सीता रानामगरले २ विकेट लिइन् ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा १२२ रनमा समेटिएको थियो । नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । बलिङमा थाइल्यान्डकी थिपात्चा पुथावङवले ४ विकेट लिइन् ।

    थाइल्यान्डका लागि थिपात्चा पुथावङवले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिइन्। ओनिचा काम्चोम्फुले २ तथा सुनिदा चतारंगरतना, सुलिपर्न लाओमी र चनिदा सुथिराङले १/१ विकेट लिए। नेपालले अब दोस्रो खेलमा बिहीबार नेदरल्यान्ड्ससँग खेल्ने छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एसीसी प्रिमियर कप : हङकङ चाइनासँग खेल्दै नेपाल

    काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत आज हङकङ चाइनासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली

    साउदी अरेबियामाथि नेपालको शानदार जित, लगातार तेस्रो जितसँगै सेमिफाइनलमा प्रवेश

    काठमाडौं ।  नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न खेलमा साउदी अरेबियाले

    एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित नेपाली टोली मलेसिया प्रस्थान गर्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

    सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

    एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि, मंसिर ५ गतेसम्म सञ्चालन…

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने भएको छ। नेपाल

    नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार

    काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै

    Techie IT