टिआरसीको विषय छिनोफानो गर्न जुटे शिर्ष तिन दल
काठमाडौं । सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल आज पनि प्रमुख दलका शीर्ष नेता लगाएतसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, लगाएत सहभागी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरुबीच सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल चलिरहेको छ । यो बैठक आइतबार पनि बसेको थियो । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा विचाराधीन अवस्थामा छ । उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक आगामी सङ्घीय संसद्को बैठकमा पारित गर्ने तयारी गरिएको छ । सरकारले सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी समेत गरिरहेको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- २ नेपालमा परेको विपत्तिप्रति माल्दिभ्सको ऐक्यबद्धता, खनाल–आदमबीच फोनवार्ता
- ३ सैनिक पोशाक प्रयोग गरेको विवादमा आएको ‘ग्रिन आर्मी’को दर्ता खारेज
- ४ भोटेकोशी बाढीका कारण २३औँ निजामती सेवा दिवसका कार्यक्रम रद्द
- ५ एसीसी प्रिमियर कप : हङकङ चाइनासँग खेल्दै नेपाल
- ६ जेनजी आन्दोलनको एक वर्ष : आज शहीद दिवस मनाइँदै
- ७ सप्तकोशीको बहाव खतराको तहमा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

तपाईको प्रतिक्रिया दिनुहोस