Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २५ सोमबार

    अपडेट
    गृहपृष्ठविश्वटर्कीमा ६.१ रेक्टर स्केलको भूकम्प, एक जनाको मृत्यु, २९ घाइते

    टर्कीमा ६.१ रेक्टर स्केलको भूकम्प, एक जनाको मृत्यु, २९ घाइते


    काठमाडौं । टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा आइतबार साँझ भूकम्प गएको छ । ६.१ म्याग्निच्युडको भूकम्पमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८१ वर्षीया महिला छिन् । भग्नावशेषबाट निकालिएको केही समयपछि उनको मृत्यु भएको हो ।केन्द्रबिन्दु सिन्डिर्गी सहरमा भएको भूकम्पका कारण करिब दर्जनौँ भवन भत्किएका छन् भने  दुई जना पुरिएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    भूकम्पको केन्द्रबिन्दु सिन्दिरगी शहरमा जमिनबाट ११ किलोमिटर मुनि थियो, जहाँबाट करिब २०० किलोमिटर टाढा इस्तानबुल शहरमा भूकम्पको धक्का महसुस गरिएको थियो । इस्तानबुलमा १ करोड ६० लाखभन्दा बढी जनसंख्या छ ।नजिकैको गोल्चुक गाउँमा केही घर र मस्जिदको मिनार पनि भत्किएको छ।

    टर्कीको विपद् व्यवस्थापन एजेन्सीका अनुसार स्थानीय समय अनुसार साँझ ७ः५३ बजे भूकम्पको धक्का महसुस गरिएको थियो, जुन राजधानी इस्तानबुलसम्म अनुभूत गरिएको हो ।राष्ट्रपति रेचेप तैय्यप एर्दोआनले एक वक्तव्य जारी गर्दै भूकम्पबाट प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। रास्वपाका सहमहामन्त्री

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

    कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन्। गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंहको शव

    थाइल्यान्डको विद्यालय गोलीकाण्डमा मृतकको संख्या ९ पुग्यो

    काठमाडौं । थाइल्यान्डको नोनथाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुगेको छ। गोली लागेर उपचाररत १२

    आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम

    काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    Techie IT