Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठखेलकुदटप एन्ड टी–२० सिरिज: नेपाल आज पाकिस्तानी टोलीसँग भिड्दै

    टप एन्ड टी–२० सिरिज: नेपाल आज पाकिस्तानी टोलीसँग भिड्दै


    काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा शुक्रबार नेपालले पाकिस्तानको सामना गर्दैछ । सिरिजअन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ः१५ बजे शुरू हुनेछ ।

    जारी शृंखलामा नेपालले यसअघि लगातार दुई खेल जितेको छ । शुरूका तीन खेल हारेको नेपालले चौथो खेलमा होबर्ट हरिकेन्सलाई र पाँचौ खेलमा मेलबर्न रेनेगेड्स एकेडेमी हराएको थियो । नेपाल पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइससँग, दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग पराजित भएको थियो ।

    प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ वटा खेल खेल्ने छन् । टप एण्ड टी–२० शृङ्खलापछि अस्ट्रेलियामै नेपालले अभ्यास खेल पनि खेल्नेछ । शृंखलामा नेपाली टोलीले कुल पाँच खेल खेल्नेछ । दोस्रो शृंखलामा नेपाली टोलीले क्रिकेट एसीटीसँग अगस्ट २६ तारिखमा पहिलो खेल खेल्नेछ । सोही दिन नेपाली टोलीले आफ्नो दोस्रो खेल पनि क्रिकेट एसीटीसँगै खेल्नेछ ।

    डार्विनस्थित मरारा क्रिकेट मैदान टु मा हुने खेल आज दिउँसो तीन बजेपछि शुुरु हुनेछ ।शृङ्खला सहभागी ११ टोलीमध्ये अंक तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ।

     




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    साउदी अरेबियामाथि नेपालको शानदार जित, लगातार तेस्रो जितसँगै सेमिफाइनलमा प्रवेश

    काठमाडौं ।  नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न खेलमा साउदी अरेबियाले

    एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित नेपाली टोली मलेसिया प्रस्थान गर्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

    सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

    एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि, मंसिर ५ गतेसम्म सञ्चालन…

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने भएको छ। नेपाल

    नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार

    काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै

    गुरु पूर्णिमामा आइकेओ क्योकुशिनकाई कराते डोजो नखिपोटका खेलाडीद्वारा गुरु सम्मान

    ललितपुर, १३ साउन/आइकेओ क्योकुशिनकाई कराते डोजो नखिपोट डोजोका  सिनियर तथा जुनियर खेलाडीहरूले भव्यताका साथ गुरु पूर्णिमा मनाएका छन् । आज

    Techie IT