Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ खेलकुद ∕ टप इन्ड टी-२० सिरिजमा आज नेपालले एनटी स्ट्राइकसँग खेल्दै

    टप इन्ड टी-२० सिरिजमा आज नेपालले एनटी स्ट्राइकसँग खेल्दै


    काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग खेल्दै छ । नेपालले एनटी स्ट्राइकसँग खेल्ने तालिका रहेको छ ।  यो खेल नेपाली समय अनुसार दिउसो २: १५ बजेदेखि शुरु हुदैछ । यो खेलको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभी म्याक्सबाट हुने भएको छ ।

    नेपाली टोलीको कप्तानी रोहित पौडेलले नै गर्नेछन्। सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टोलीसहित पाकिस्तान र बंगलादेशको ए टोलीसँग सहभागी छन्। सिरिजमा नेपालले शनिबार बंगलादेश ‘ए,  सोमबार मेलवार्न स्टार्स एकेडेमी, बुधबार मेलवर्न रेनेगेड्स एकेडमी र अर्को शुक्रबार पाकिस्तान शाहिन्सासँग खेल्नेछ।

    अस्ट्रेलियाको नार्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता अगस्त १४ देखि २४ सम्म अस्ट्रेलियाको डर्विनमा हुदै छ ।

    रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम नेपाली टिमबाट खेल्दैछन् । यो सिरिजमा ११ टोलीको सहभागिता रहेको छ ।

    यी खेलपछि शिर्ष चार स्थानमा हुने टिम सेमिफाइनलमा खेल्ने आयोजकले जानकारी दिएको छ ।

    २०२२ देखि भएको यो प्रतियोगिता यसअघि तीन पटक भएको छ । २०२२ मा ५ टिमबाट शुरु भएको यो प्रतियोगितामा यस पटक ११ टिमले भाग लिएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    फिफा निलम्बनका कारण नेपालले पहिलोपटक साफ च्याम्पियनसिप गुमाउने

    काठमाडौँ । फिफाको निलम्बन फुकुवा नभएपछि नेपालले बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप गुमाउने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ

    एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा खोल्यो पदकको खाता, चीनको अग्रता…

    काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा आएर पदकको खाता खोलेको छ। पुरुष कुमिते ८४ केजीमाथिको

    एसियाडमा नेपालको पहिलो पदक, तेन्जिङ शेर्पाले जिते कास्य

    काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ। कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष

    एसीसी प्रिमियर कप : हङकङ चाइनासँग खेल्दै नेपाल

    काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत आज हङकङ चाइनासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालालम्पुरस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली

    साउदी अरेबियामाथि नेपालको शानदार जित, लगातार तेस्रो जितसँगै सेमिफाइनलमा प्रवेश

    काठमाडौं ।  नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न खेलमा साउदी अरेबियाले

    एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित नेपाली टोली मलेसिया प्रस्थान गर्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

    Techie IT