काठमाडौँ । जेनजी पुस्ताले सोमबार गर्ने प्रदर्शन अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।सोमबार हुने आन्दोलनबाट आफ्नो स्वार्थ पूरा गर्न नखोज्न पनि उनले पार्टीका नेता, कार्यकर्ता, सांसद तथा अभियान्ताहरूलाई चेतावनी पनि दिएका छन्।
फेसबुकमा स्टाटस लेख्दै उनले सोमबार हुने स्वतःस्फूर्त र्याली जेन जि पुस्ताको आवाज भएको उल्लेख गरेका हुन् । आफू उमेर हदबन्दीका कारण त्यहाँ उपस्थित हुन नमिल्ने भए पनि युवापुस्ताको सोच र इच्छालाई बुझ्ने चाहना व्यक्त गरेका छन्।
उहाँहरू २८ वर्ष मुनिका युवाहरू हुनुहुन्छ, जसका लागि म पनि अझै बुढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य र सोच बुझ्न मन छ,’ उनले लेखेका छन् ।बालेनले उक्त आन्दोलनलाई कुनै राजनीतिक दल, नेता वा कार्यकर्ताले आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनीसमेत दिएका छन् ।
भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ । प्रिय जेन जी भन्नुस् तपाईँहरुले कस्तो देश देख्न चाहनु हुन्छ ?
जेन-जी पुस्ताले सोमबार बिहान ८ बजेदेखि प्रदर्शनको तयारी गरेका छन् । उनीहरूले हालै सरकारले गरेको सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध आन्दोलन गर्न लागेका हुन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ ललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस
- २ बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त
- ३ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न
- ४ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- ५ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ६ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ७ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

तपाईको प्रतिक्रिया दिनुहोस