काठमाडौँ । जेनजी पुस्ताले सोमबार गर्ने प्रदर्शन अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।सोमबार हुने आन्दोलनबाट आफ्नो स्वार्थ पूरा गर्न नखोज्न पनि उनले पार्टीका नेता, कार्यकर्ता, सांसद तथा अभियान्ताहरूलाई चेतावनी पनि दिएका छन्।
फेसबुकमा स्टाटस लेख्दै उनले सोमबार हुने स्वतःस्फूर्त र्याली जेन जि पुस्ताको आवाज भएको उल्लेख गरेका हुन् । आफू उमेर हदबन्दीका कारण त्यहाँ उपस्थित हुन नमिल्ने भए पनि युवापुस्ताको सोच र इच्छालाई बुझ्ने चाहना व्यक्त गरेका छन्।
उहाँहरू २८ वर्ष मुनिका युवाहरू हुनुहुन्छ, जसका लागि म पनि अझै बुढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य र सोच बुझ्न मन छ,’ उनले लेखेका छन् ।बालेनले उक्त आन्दोलनलाई कुनै राजनीतिक दल, नेता वा कार्यकर्ताले आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनीसमेत दिएका छन् ।
भोलि यो स्वतफुर्त र्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ । प्रिय जेन जी भन्नुस् तपाईँहरुले कस्तो देश देख्न चाहनु हुन्छ ?
जेन-जी पुस्ताले सोमबार बिहान ८ बजेदेखि प्रदर्शनको तयारी गरेका छन् । उनीहरूले हालै सरकारले गरेको सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध आन्दोलन गर्न लागेका हुन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ४ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ रसुवा बाढीको बीमा दाबी २० अर्ब ९८ करोड, छिटो भुक्तानीका लागि संक्षिप्त कार्यविधि लागू
- ७ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

तपाईको प्रतिक्रिया दिनुहोस