Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २२ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिजेनजी हत्यारा ओली, लेखकलाई पक्राउ गरेर कारबाही गर्न नसक्ने प्रधानमन्त्री सुशीलाले तुरुन्त राजीनामा दिनुपर्छ ः विकेश साह

    जेनजी हत्यारा ओली, लेखकलाई पक्राउ गरेर कारबाही गर्न नसक्ने प्रधानमन्त्री सुशीलाले तुरुन्त राजीनामा दिनुपर्छ ः विकेश साह


    काठमाडौं, ८ मंसिर । सिंहदरबार अगाडी आन्दोलनकारी जेनजी युवा र प्रहरीबीच धरपकड र धकेलाधकेली भएको छ । जेनजी युवाहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन सिंहदबार प्रवेश गर्न खोज्दा उनीहरुलाई प्रहरीले रोकेको थियो ।

    विकेश साह, मिराज ढुंगाना सहितका दर्जनौ युवाहरुलाई आज (मंगलबार) सिंहदबार प्रवेशमा रोक लगाइएको छ । मिराज ढुंगाना, विकेश साह नेतृत्वको विभिन्न जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारमा पुग्दा सिंहदरबार भित्र प्रवेश गर्न दिएन ।

    सिंहदरबार प्रवेशमा रोक लगाएपछि उनीहरु सिंहदरबारकै गेटमा नाराबाजी गर्न थालेपछि प्रहरीले बिजुली बजारको पुल कटाएको थियो । उनीहरु फेरी नाराबाजी गर्दै सिंहदरबार प्रवेश गर्न खोजे, अनामनगर, हनुमानस्थान, बिजुलीबजार, सिंहदरबार क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच धकेलाधकेली भयो ।

    घण्टौंसम्म यो क्रम जारी नै रहेपछि उनीहरुले कालोपटी बाधेर जेनजी हत्यारा पूर्वप्रधानमन्त्री केपी ओली, पूर्व गृहमन्त्री रमेश लेखक लगायतलाई कारबाही गर्न माग गरेका छन् । साथै भ्रष्टाचारीलाई कारवाही गर्न समेत माग गरेका छन् । उनीहरुले प्रधानमन्त्री सुशीलाबिरुद्ध नाराबाजी गर्दै विदेशीको इसारामा सरकार चलेकाले जेनजी युवाको माग सम्बोधन गर्न नचाहेको आरोप समेत लगाए ।

    ‘हामी शान्तिपूर्ण रुपमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन खोजेको हो । तर हामीलाई सिंहदरबारमा प्रवेश गर्न दिएनन । हामीले भन्दै आएका छौं की जेनजी युवाका हत्यारा केपी ओली, रमेश लेखक सहित भ्रष्टाचारीलाई कारबाही गर । तर यो सरकार विदेशीको इसारामा चलेकाले हामीसंग भेटनै चाहदै, जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाही गर्नै चाहदैन,’ कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले भने ।

    यदी सुशीला कार्कीले जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाही गर्न सक्दैन भने तुरुन्त पदबाट राजीनामा दिनुपर्ने माग समेत साहले गरेका छन् । उनले जेनजी आन्दोलनलाई संस्थागत गर्नुपर्ने, जेनजीका माग सम्बोधन गर्नुपर्ने, अहिलेको व्यवस्था र संविधानले निकास दिन नसक्ने भएकाले अन्तरिम संविधान र अन्तरिम सरकार गठन गर्दै निकास दिनुपर्नै माग साहले गरेका छन् ।

    यस्तै ढुंगाना नेतृत्वको ‘गरिखान देऊ’ समूहले यो सरकार निष्पक्षरुपमा काम नगरेकाले तुरुन्त राजीनामा गरेर निकास दिनुपर्ने जनाएको छ । ‘वर्तमान सरकारले जेनजीका माग सम्बोधन गर्न चाहदैन, जेनजीसंग भेटन चाहदैन, हामीमाथि दमन गर्छ भने यो जेनजीको सरकार हो भनेर कसरी बुझ्ने ? विधि, प्रक्रिया, व्यवस्थाका लागि हामी आन्दोलन गरेको हो । भ्रष्टाचारी र जेनजी हत्यारालाई तुरुन्त कारवाही गर्नुपर्ने यदी कारबाही गर्न नसके प्रधानमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ,’ ढुंगानाले भने ।

    शाह, ढुंगाना सहितका जेजनी युवाहरुको टोली सोमबार पनि सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर प्रवेश नपाएपछि उनीहरू बाहिरै गेटमा मागपत्र टाँसेर फर्किएको थियो । आफूहरुको माग सम्बोधन नभए आन्दोलन संघर्ष जारी नै राख्ने उनीहरुले जनाएका छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिएपछि आगलागी, मानवीय क्षति भएन

    रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र

    काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा सम्मानसहित…

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण सेवा निवृत्त भएका

    काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको

    Techie IT