जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन
काठमाडौं। २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न पत्राचार भएको छ।मन्त्रालयले आइतबार गृहमन्त्रीस्तरीय निर्णय गर्दै उक्त सूचीकृत नाम तीन दिनभित्र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा राख्न सर्कुलर गरेको हो।
मन्त्रालयका शाखा अधिकृत पदमबहादुर खत्रीद्धारा हस्ताक्षरित पत्रमा सबै सीडीओ कार्यालयलाई सम्बोधन गर्दै तीन दिनभित्र नामावली राख्न भनिएको छ ।
उनीहरूलाई जेनजी सुशासन योद्धा भन्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा ती नामहरु ३ दिनभित्र राख्न भन्दै पत्राचार गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट आइतबार मात्रै उक्त निर्णय भएको हो।
सूचनामा देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई ‘जेनजी सुशासन योद्धा’ का नाममा मृत्यु भएका व्यक्तिहरूको नामावली कार्यालयमा राख्न स्पष्ट निर्देशन गरिएको छ। निर्देशनअनुसार सम्बन्धित कार्यालयहरूले आन्दोलनमा ज्यान गुमाएका ४५ जनाको नामावली तोकिएको समयभित्र प्रदर्शित गर्ने व्यवस्था मिलाउनु पर्नेछ।

मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- ३ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ४ फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
- ५ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ६ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ७ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग

तपाईको प्रतिक्रिया दिनुहोस