काठमाडौं। कोलम्बोमा भएको टी-२० विश्वकप २०२६ को खेलमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले हराउँदै सनसनी मच्चाएको छ।यो जितसँगै टी-२० विश्वकपमा अस्ट्रेलिया विरुद्ध जिम्बाब्वेको अपराजित यात्रा कायम रहेको छ।
पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर १६९ रनको बलियो योगफल तयार पार्यो। ब्रायन बेनेटले उत्कृष्ट ब्याटिङ गर्दै ५६ बलमा अविजित ६४ रन बनाए। त्यस्तै तादिवानासे मारुमानीले विष्फोटक सुरुवात गर्दै २१ बलमा ३५ रन जोडे। अन्त्यतिर सिकन्दर रजाले १३ बलमा २५ रन बनाउँदै टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए।
१७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलियालाई जिम्बाब्वेका बलरहरूले सुरुदेखि नै दबाबमा राखे। ब्लेसिङ मुजरबानीले आफ्नो करियरकै उत्कृष्ट बलिङ गर्दै १७ रन दिएर ४ विकेट लिए। उनलाई साथ दिँदै ब्रेड इभान्सले २३ रन खर्चेर ३ विकेट लिए। यी दुईले पावरप्लेमै अस्ट्रेलियाको माथिल्लो क्रम ध्वस्त पारेका थिए।
अस्ट्रेलियाका लागि म्याट रेनशाले ४४ बलमा ६५ रन बनाउँदै जितको आशा जगाएका थिए, तर अन्य ब्याटर चल्न सकेनन्। ग्लेन म्याक्सवेलले ३१ रन बनाए पनि उनी संघर्ष गरिरहेको देखिन्थे। जिम्बाब्वेको चुस्त फिल्डिङ र सटिक बलिङका अगाडि अस्ट्रेलियाले पूरै ओभर खेलेर मात्र १४६ रन बनाउन सक्यो।
यो जितसँगै जिम्बाब्वे सुपर ८ चरणमा पुग्ने बलियो सम्भावना बनेको छ। अर्कोतर्फ, अस्ट्रेलियाको यात्रा अब कठिन भएको छ। अस्ट्रेलियाले अर्को चरणमा पुग्न अब श्रीलंका र ओमान दुवै टोलीलाई हराउनै पर्ने दबाब छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- ३ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ४ फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै लगातार तेस्रो पटक विश्वकप सेमिफाइनलमा स्थान बनायो
- ५ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ६ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ७ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग

तपाईको प्रतिक्रिया दिनुहोस