Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २९ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिजिबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैनः डा. प्रकाशशरण महत

    जिबी राईलाई पक्राउ गर्ने नियत गृहमन्त्रीको छैनः डा. प्रकाशशरण महत


    नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने कुरा बढी काम उल्टो गर्ने बाटोमा हिँडेको बताएका छन्।

    आईतवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले गृहमन्त्रीले अहिलेसम्म बोलेका कुराहरु कुनैपनि दिगो र सत्य नभएको दाबी गरे।

    उनले जिबी राईलाई आकाश, पातालबाटै खोजेर ल्याउने भन्नेकुरा धेरै पहिला भनेको भएपनि हालसम्म पक्राउ गर्न नसकेको बताए। जिबी राईलाई पक्राउ गर्न गृहमन्त्री नदेखिएको बताउँदै पक्राउ गरी अनुसन्धान भए आफैँ फस्न सक्ने डर रहेको उनले बताए।

    उनले भने, ‘गृहमन्त्री कुरा धेरै गर्नुहुन्छ, काम उल्टो गर्नुहुन्छ। उहाँको अहिलेसम्मको जति पनि बोल्नुभएको फेहरिस्तलाई हामीले केलाउने हो भने कुनैपनि दिगो हुनेकुरा, सत्य कुरा छैन। उहाँले जिबी राईको बारेमा आकाश, पाताल गरेरै ल्याउँछौँ भन्नुभएको थियो। कुनै त्यस्तो ल्याउने नियत देखिँदैन। उहाँलाई आयो र उसले बयान दियो भने झनै अफ्ठ्यारोमा पर्नसक्छु भन्ने लागेको हुनसक्छ। कुरा बढी, काम उल्टो छ।’




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो

    काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।

    सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    Techie IT