Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ शिक्षा ∕ जापानमा रहेको ओबीजीआईको शाखा काठमाडौंमा, केएल टावरबाट सेवा सुरु

    जापानमा रहेको ओबीजीआईको शाखा काठमाडौंमा, केएल टावरबाट सेवा सुरु


    काठमाडौं/ ३ मंसिर, जापानमा मुख्य कार्यालय रहेको ओबीजीआई कन्सल्टेन्सीले काठमाडौंमा आफ्नो सेवा विस्तार गरेको छ । जापानमा अध्ययन गर्न जान चाहने विद्यार्थी र कामका लागि दक्षिण कोरिया जान चाहने नेपालीहरुलाई लक्षित गर्दै ओबीजीआईले आइतबारबाट काठमाडौंको चाबहिलमा रहेको केएल टावरबाट आफ्नो सेवा सुरु गरेको हो।

    पुर्व संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री गणेशकुमार पहाडीले ओबिजीआईको कार्यालयको सुरुवात गरेका हुन।ओबीजीआई एजुकेसन कन्सलटेन्सीले नेपालमा भाषा कक्षाको संचालन गरी जापान जान चाहने विद्यार्थीहरूको लागि अनुभवी प्रशिक्षकहरुबाट अध्ययन गराउने बताएको छ। यस्तै कोरिया जान चाहने नेपालीहरुका लागिसमेत स्तरीया भाषा कक्षा प्रदान गरेर कामका लागि दक्ष बनाउने बताएको छ।

    ओबीजीआईकि म्यानेजीङ डाइरेक्टर मनिषा मैनालीले ओबीजीआईको अनुभवी टिममार्फत आधुनिक किसिमको तालिमसमेत प्रदान गरिने भएकाले आफ्नो सेवा फरक रहने जानकारी दिइन।

    उनले जापान र कोरिया सम्बन्धी प्रशिक्षण दिएर जापान र कोरिया जान सहज हुने गरी सेवा दिइने बताइन। आफ्नो कन्सल्टेन्सीमार्फत जापान जान चाहने विद्यार्थी र अभिभावकबिच पनि अन्तर्किया गर्ने र अभिभावकलाई समेत ढुक्क बन्ने वातावरण बनाइने उनले जानकारी दिइन।

    ओबीजीआईले विद्यार्थीरूकै चाहना अनुसार जीरो लेभलबाट जापान र कोरिया सम्बन्धि प्रशिक्षण तथा नेपालमा गर्नु पर्ने तयारी तथा जापान पुगेर गर्नु पर्ने आधारभूत आवश्यक तयारीका बारे जानकारीसमेत प्रदान गर्ने बताइएको छ।

    यसैगरी अहिलेसम्म जापान पुगेका विद्यार्थीहरूको समस्यालाई मध्यनजर गरी जापानमा पनि वर्किंङ भिषा सम्मको सहयोग गर्ने तथा जापान बसाईलाई सहज र सजिलोले बनाउने गरी जापानमा रहेको ओबीजीआई को मुख्य कार्यालयले पुर्णरुपमा सहयोग गर्ने जापानमा रहेको  ओबीजीआई एजुकेसन कन्सलटेन्सीका संचालक तथा ओबीजीआई ग्रुपका अध्यक्ष सुरेश घिमिरेले जानकारी दिए।

    विगत लामो समयदेखि जापानमा नै ब्यवसाय गर्दै आएका घिमिरेले जापानमा ओबीजीआईसँगै होटल ब्यवसाय तथा मोबाईल ब्यवसायसमेत संचालन गर्दै आएका छन।

    उनले जापान पुग्ने विद्यार्थीहरुलाई आफ्नो कार्यालयले होस्टल तथा बस्नकालागी कोठासमेत सहज रूपमा ब्यवस्थापन गरिदिने, पार्ट टाइम तथा फुल टाइम कामको ब्यावस्था मिलाइ दिने गरि सहजकर्ताको कामसमेत गरिरहेको बताए।

    घिमिरेले ओबीजीआई एजुकेसन कन्सलटेन्सीमार्फत जापान जाने विद्यार्थीले आफ्नो संस्थामार्फत अभिभावकत्व प्राप्त गर्ने र जापानमा सहज तरिकाले जीवन यापन गर्न सहज हुने दाबी गरे।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते…

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको बडादसैँका लागि घटस्थापनादेखि विजयादशमी (टीका) सम्मको आधिकारिक साइत र धार्मिक समय

    “साइबर सुरक्षा र प्रविधि बलियो बनाएर अनलाइन मतदानतर्फ अघि बढ्छौँ”…

    काठमाडौँ — निर्वाचन आयोगले नेपालमा अनलाइन मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे सम्भाव्यता अध्ययन र प्राविधिक प्रदर्शन कार्यक्रम

    दसैँ, तिहार र छठका लागि असोज २३ गतेदेखि सार्वजनिक यातायातको…

    काठमाडौँ — सरकारले आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आगामी असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    Techie IT