Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारजहरसिंपौवा चौकीभञ्ज्याङ्ग भोटेचौर सडक अवरुद्ध

    जहरसिंपौवा चौकीभञ्ज्याङ्ग भोटेचौर सडक अवरुद्ध


    काठमाडौं/ १४ भदौ, : बर्षाका कारण जहरसिंपौवा चौकीभञ्ज्याङ्ग भोटेचौर सडक अवरुद्ध बनेको छ। अविरल बर्षातका कारण भत्किएको चौकिभञ्ज्याङ्ग गुरुङ टोल सडक प्रयोग गर्न शंखरापुर वडा २ ले बिशेश सूचना नै प्रकाशन गरी आग्रह गरेको छ । शंकरापुर वडा न. २ का अध्यक्ष रणबहादुर थिङले विशेष सूचना जारी गर्दै पहिरोको कारण स्थानीय बासिन्दाहरु, यातायातका सवारी साधन तथा पैदलयात्रीको कुनै पनि किसिमको क्षति हुन नदिन बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्नुभएको छ।
    “यस वर्षको वर्षायाममा परेको अविरल वर्षाको कारण साँखु जहरसिंपौवा चौकीभञ्ज्याङ्ग भोटेचौर मुख्य सडक अन्तर्गत पर्ने चौकिभञ्ज्याङ्ग सडक खण्डमा मिति २०८१/०५/१० गतेदेखि परेको अविरल वर्षाका कारण भिषण पहिरो गएको, गुरुङ टोल बस्ती तथा विद्युतीय हाइटेशन लाइनको ट्रान्स्फर्मरको पोल समेत भासिएर स्थानीय बासिन्दा लगायत सम्पूर्ण किसिमका यातायातका सवारी साधन र पैदल यात्री समेत थप जोखिममा परिरहेको अवस्था छ । विगतका दिनहरुमा पनि यस क्षेत्रका स्थानीय बासिन्दाहरु चौकिभञ्ज्याङ्ग क्षेत्रको पहिरोको चपेटामा परेर आजित भैरहेको सर्ववितित नै छ । उक्त पहिरोको कारण स्थानीय बासिन्दाहरु, यातायातका सवारी साधन तथा पैदलयात्रीको कुनै पनि किसिमको क्षति हुन नदिनको लागि यस शंखरापुर नगरपालिका वडा नं. २ का जनप्रतिनिधीहरु, नगर प्रमुख, उपप्रमुख, प्रहरी प्रशासन अन्य सम्बन्धित निकाय लगायत समाजसेवी, बुद्धिजिवीहरु, अभियन्ताहरु समेतको पहल तथा समन्वयमा उक्त पहिरो गएको क्षेत्रको रोकथाम, व्यवस्थापन तथा बैकल्पिक मार्ग प्रयोग गरी यातायातलाई सहजीकरण गर्ने विषयमा सडक विकास डिभिजन कार्यालय, काठमाडौं तथा केन्द्रिय विपद् व्यवस्थापन महाशाखासँग समन्वय तथा पहल भैरहेको र थप फलोअप पनि भैरहेको सम्पूर्णमा जानकारी गराउँदछौं ।” सूचनामा भनिएको छ।
    उक्त सडक खण्डको यथाशिघ्र निर्माण तथा व्यवस्थापनको लागि विज्ञ टोलीबाट अनुगमन गरि सोको प्राविधिक लागत इष्टमेटको प्रक्रिया अगाडी बढिसकेको सूचनामा उल्लेख छ।
    “उक्त प्राकृतिक विपत्तिबाट सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रवाट आवातजावात हुने विभिन्न किसिमका सवारी साधान, स्थानीय यातायातका सवारी साधन, विद्यालयका सवारी साधन, विभिन्न किसिमका सार्वजनिक तथा निजी सवारी साधन, पैदलयात्रीहरु लगायत स्थानीय वासिन्दाहरुको विकासको पहिलो पूर्वाधार सडकमा भएको उक्त अवस्थाबाट पर्न गएको असुविधा प्रति यस शंखरापुर नगरपालिका वडा नं. २ को परिवार दुःखित छ । उक्त क्षेत्रमा निर्माण कार्य सम्पन्न नभएसम्म होसियार तथा सावधानी पूर्वक बैकल्पिक मार्ग चौकिभञ्ज्याङ्ग गुरुङ टोल सडक प्रयोग गर्नु/गराउनु हुन सबैको जानकारीको लागि यो सूचना जारी गरिन्छ ।” सूचनामा भनिएकाे छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    श्रद्धा–भक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको

    कृष्णभीर अवरुद्ध : बाइरोडबाट काठमाडौंमा दैनिक २४ हजार ५ सय…

    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) को वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं

    Techie IT