जसपाले चयन गर्यो चुनिए एक सहअध्यक्ष, ५ उपाध्यक्ष, दुई महामन्त्री
ललितपुर/ १० भदौ, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले एक सहअध्यक्ष, ५ उपाध्यक्ष, दुई महामन्त्री सहितका पदाधिकारीहरु चयन गरेको छ । जसपा नेपालले केन्द्रीय पदाधिकारीरकार्यकारिणी समिति र केन्द्रीय सदस्यहरूको टुङ्गो लगाएको हो। हालै सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधानबमोजिम कार्य विभाजन गरिएको जसपा नेपालले विज्ञप्तिमार्फत जनाएको छ।
कार्य विभाजनअनुसार रकम चेम्जोङ सहअध्यक्ष चुनिनु भएको छ। त्यस्तै, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापामगर, विद्युत् बज्राचार्य उपाध्यक्षमा चयन हुनुभएको छ।
महासचिवमा लालबाबु राउत र रामकुमार शर्माले जिम्मेवारी पाउनु भएको छ, प्रकाश अधिकारी, दीपक कार्की र रेखा यादव उपमहासचिवको जिम्मेवारी तोकिएको छ। यसअघि प्रवक्ताको जिम्मेवारीमा रहनुभएका मनिषकुमार सुमनलाई पुनः प्रवक्ताको जिम्मेवारी तोकिएको जसपा पार्टी कार्यालयले जनाएको छ।
जसपा नेपालको सचिवमा लीला सिटौला, शैलेन्द्र साह, सुनी लामा राजकुमार राई, सुरेश मण्डल, लाक्पा शेर्पा, कमरूद्धिन राई तथा कोषाध्यक्षमा सुरिताकुमारी साह चुनिनु भएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
- ७ नयाँ ढंगले जान सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छुः प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस