जलवायु परिवर्तन असर न्यूनिकरणमा नेपाल भारत मिलेर अघि बढौ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको सो शिष्टाचार भेटमा द्धिपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनिकरणका लागि नेपाल भारत मिलेर काम गर्नुपर्ने बताए । “ हिमाल र पानीको सुरक्षामा नै मानवजातिको सुरक्षा निर्भर रहेको हुनाले जलवायु परिवर्तनको असर न्यूनिकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ”, राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।
राष्ट्रपति पौडेलले नेपाल भारतबीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुवै देश बीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले आपसी हित र समृद्धिका लागि दुई देशबीचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्छ भन्ने लागेको छ भन्दै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत, व्यापार, लगानी, पर्यटन तथा मानव संशाधन विकास नेपालको प्राथमिकता रहेको बताए । उनले नेपालमा जलविद्युत विकास, दिगो एवम् सहज ऊर्जा व्यापारका लागि प्रशस्त संभावना रहेको उल्लेख गरे ।
सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनिकरणको विषय दुवै देशका लागि चुनौति रहेकोले यसमा मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । नेपाल सरकारका कैयो योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतमा भारत पनि काम गर्न इच्छुक रहेको बताए । उनले काम अगाडि बढिरहेका आयोजना चाँडै सम्पन्न गरेर बाँकी नयाँ प्राथमिकतामा काम गर्न भारत इच्छुक रहेको पनि जानकारी दिए ।
नेपाल भारबीचको सम्बन्ध जति सुमधुर हुन्छ त्यति नै दुवै देशका जनताको हित हुने उल्लेख गर्दै विदेश सचिव मिस्रीले भारतले स्थीर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि प्रष्ट पार्नुभएको प्रेस सल्लाहकार पोखरेलले बताए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ अछाममा असार ३ गते ‘रामारोशन स्काई रन २०२६’ हुँदै, ७ लाख ५२ हजार रुपैयाँ पुरस्कार
- २ प्रधानमन्त्रीको अभिव्यक्ति सच्चिएपछि मात्र सदन चलाउन दिने निर्णय
- ३ सिन्धु त्रिवेणीघाटको सम्भावना
- ४ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ५ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद्, अस्पताल र बीमा बोर्डका रिक्त पदमा आवेदन आह्वान
- ६ कुशल भुर्तेलको लगातार दोस्रो शतक, मलेसियाविरुद्ध ५४ बलमै १२६ रनको विस्फोटक इनिङ्स
- ७ मे महिनामा नेपालमा १ लाख २ हजारभन्दा बढी पर्यटक, आगमनमा १९ प्रतिशत वृद्धि

तपाईको प्रतिक्रिया दिनुहोस