जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल
काठमाडौं/ २७ असाेज,जलवायु विज्ञहरूले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा पनि फेरबदल भएको बताएका छन् । यही परिवर्तनका कारण यो वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको उनीहरूले बताएका छन् ।
जलवायुविद् मञ्जित ढकालले मनसुन ढिलागरी बाहिरिनुलाई मनसुन प्रणालीमा भएको फेरबदल मान्नुहुन्छ । हुनु जलवायु परिवर्तनको असरको रूपमा लिन सकिने प्रतिक्रिया दिनुभएको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षा जलवायु परिवर्तनको प्रभाव भएको उहाँको विश्लेषण छ । यद्यपि यस्ता जलवायुजन्य जोखिमको अनुसन्धान हुनुपर्नेमा उहाँको जोड दिनुहुन्छ ।
रासस प्रतिनिधिसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले दिगो विकासको लागि जलवायुमैत्री विकासको अवधारणा कार्यान्वयन गर्न आवश्यक भएको बताउनुभयो । “जलवायु अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिन अपरिहार्य भएको छ,” ‘इन्टरगभर्नमेन्टल प्यानल अन क्लाइमेट चेन्ज’ प्रतिवेदन उद्धरण गर्दै उहाँले भन्नुभयो ।
मौसमविद् विष्णु घिमिरे पनि मनसुन प्रणाली ढिलो टुङ्गिनु जलवायु परिवर्तनको प्रभाव हो वा होइन भन्ने निष्कर्षमा पुग्न अनुसन्धान गर्नुपर्नेमा जोड दिनुहुन्छ । जलवायु परिवर्तनकाे असरका कारण मनसुन प्रक्रियामा तलमाथि भएको हुनसक्ने उहाँको बुझाई छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सिन्धु त्रिवेणीघाटको सम्भावना
- २ कुशल भुर्तेलको लगातार दोस्रो शतक, मलेसियाविरुद्ध ५४ बलमै १२६ रनको विस्फोटक इनिङ्स
- ३ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ४ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद्, अस्पताल र बीमा बोर्डका रिक्त पदमा आवेदन आह्वान
- ५ भारतले बंगलादेशलाई ३–१ ले हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि जित्यो
- ६ रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता : अर्थमन्त्री वाग्ले
- ७ राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँ २२ पैसा बिक्रीदर

तपाईको प्रतिक्रिया दिनुहोस