Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ राजनीति ∕ जलवायु कूटनीति प्रभावकारी बनाउन घरेलु तयारी मजबुत बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

    जलवायु कूटनीति प्रभावकारी बनाउन घरेलु तयारी मजबुत बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल


    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन घरेलु तहमा जलवायु जोखिम न्यूनीकरण, पूर्वाधार विकास र विपद् व्यवस्थापनका कामलाई थप मजबुत बनाउनुपर्ने बताएका छन्।

    काठमाडौंमा आयोजित ‘काठमाडौं क्लाइमेट विक’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खनालले जलवायु परिवर्तन वातावरणीय विषयमा मात्र सीमित नरहेको बताए। यसले कृषि, पूर्वाधार, जल सुरक्षा, जनस्वास्थ्य, ऊर्जा, वित्तीय स्थायित्व र परराष्ट्र नीतिसमेत प्रभावित गरिरहेको उनको भनाइ थियो।

    उनले हालै संयुक्त राष्ट्रसङ्घको महासभाको ७९औँ सत्रमा नेपालको सहभागिताको मुख्य विषय जलवायु न्याय रहेको उल्लेख गर्दै हिमालय संरक्षणलाई विश्वव्यापी वातावरणीय सुरक्षासँग जोडेर अघि बढाउनुपर्ने बताए।

    महासभाका क्रममा नेपालले आयोजना गरेको ‘सगरमाथादेखि समुद्रसम्म’ संवादले हिमाल, टापु तथा तटीय राष्ट्रहरूबीच जलवायु परिवर्तनका साझा प्रभावबारे सहकार्यको आवश्यकता औँल्याएको उनले बताए।

    हिमनदी र महासागर एउटै जलवायु प्रणालीका अभिन्न अंग भएकाले जलवायु जोखिमलाई राजनीतिक सीमाभन्दा बाहिर रहेर हेर्नुपर्ने मन्त्री खनालको भनाइ थियो।

    मन्त्री खनालले गत अगस्ट २६ मा भएको विपद्ले नेपालमा जलवायुजन्य जोखिमको गम्भीरता थप स्पष्ट पारेको बताए। उच्च हिमाली क्षेत्रमा हिमनदी तथा चट्टान खस्दा आएको बाढी र लेदोसहितको बहावले जनधनसँगै सडक, पुल, जलविद्युत् पूर्वाधार तथा स्थानीय जीविकोपार्जनमा ठूलो क्षति पुर्‍याएको उनले उल्लेख गरे।

    जलवायुजन्य विपद्का कारण विकासका लागि छुट्याइएको स्रोत पटक–पटक पुनर्निर्माणमा खर्च गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले जलवायु परिवर्तनलाई विकासका लागि संरचनात्मक चुनौतीका रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखे।

    नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनको असर भने गम्भीर रूपमा भोगिरहेको उनले बताए।

    जलवायु न्यायका लागि नेपालले नयाँ, अनुमानयोग्य, सहज पहुँचयुक्त तथा अनुदानमा आधारित जलवायु वित्त, अनुकूलन सहयोग र प्रविधि हस्तान्तरणको माग गरिरहेको उनले जानकारी दिए।

    मन्त्री खनालले जलवायु कूटनीतिसँगै मुलुकभित्रको कार्यान्वयन पक्ष पनि प्रभावकारी हुनुपर्नेमा जोड दिए। हिमनदी पग्लिने तथा हिमतालको अवस्था निगरानी गर्ने वैज्ञानिक तथ्यांकलाई प्रभावमा आधारित पूर्वचेतावनी प्रणालीसँग जोड्नुपर्ने उनले बताए।

    यस्तो प्रणालीमार्फत जोखिममा रहेका किसान तथा दुर्गम बस्तीमा समयमै सूचना पुर्‍याउन सकिने उनको भनाइ थियो।

    जलवायु वित्तलाई प्रभावकारी रूपमा परिचालन गर्न सरकारी संस्थाहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने र जलवायुजन्य जोखिम तथा नदी प्रणाली सीमापार प्रकृतिका भएकाले छिमेकी मुलुकसँग वैज्ञानिक सहकार्य बढाउनुपर्ने उनले बताए।

    साझा नदी बेसिनका लागि वास्तविक समयको जलविज्ञान तथा मौसमसम्बन्धी तथ्यांक आदानप्रदानलाई प्राथमिकता दिनुपर्नेमा पनि उनले जोड दिए।

    परराष्ट्र मन्त्रालयले हालै छुट्टै जलवायु कूटनीति शाखा स्थापना गरेको जानकारी दिँदै मन्त्री खनालले उक्त शाखाले नेपालको घरेलु जलवायु अवस्थालाई अन्तर्राष्ट्रिय वार्तासँग जोड्ने बताए।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक: इन्जिनियरिङ सेवा नियमावली संशोधन, नर्वेको अनुदान…

    काठमाडौँ — सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ५ वटा निर्णयहरू सार्वजनिक गरेको छ। सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    पार्टीभित्रको ‘विशेष राजनीतिक निर्णय’ ले महाधिवेशन तालिका प्रभावित: गगन थापा

    काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा आइपरेका प्राकृतिक विपत् र पार्टीभित्र बृहत्तर एकता कायम गर्ने प्रयासका कारण महाधिवेशनको

    १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज गरिने

    काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी

    रास्वपाले बनायो स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट समिति, देशव्यापी…

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट समिति गठन गर्नुका साथै संगठन विस्तार

    आर्थिक सुधारका लागि चालु आवमा २७ नयाँ कानुन ल्याउँछौं :…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सुधारलाई गति दिन सरकारले चालु आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने तयारी गरेको

    Techie IT