Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ राजनीति ∕ जबराको पक्राउप्रति एमाले सचेतक महरको आपत्ति, भने– ‘विना कसुर र अभियोग पक्राउ गरियो’

    जबराको पक्राउप्रति एमाले सचेतक महरको आपत्ति, भने– ‘विना कसुर र अभियोग पक्राउ गरियो’


    काठमाडौं । नेकपा एमालेका सचेतक ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सरकारले विना कसुर र विना अभियोग पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले लोकतान्त्रिक व्यवस्थामा कोही पनि कानुनभन्दा माथि नहुने उल्लेख गर्दै कसैले कानुन उल्लङ्घन गरेको भए तथ्य र प्रमाणका आधारमा अभियोग लगाएर कानुनी दायरामा ल्याउनुपर्ने बताए ।

    सरकारले पूर्वाग्रह, प्रतिशोध वा विरोध गरेको आधारमा व्यक्तिलाई तर्साउने, धम्काउने र पक्राउ गर्ने काम गरिरहेको आरोप लगाउँदै उनले यस्तो प्रवृत्ति कानुनी राज्य र विधिको शासनको बर्खिलाप भएको बताए ।

    उनले भने, ‘सरकारले पूर्वाग्रह, प्रतिशोध तथा विरोध गरेका आधारमा व्यक्तिहरूलाई तर्साउने, धम्काउने र पक्राउ गर्ने काम गरिरहेको छ। यस्तो कार्य कानुनी राज्य र विधिको शासनको बर्खिलाप छ।’

    महरले सरकार गठन भएयता यस्ता गतिविधि शृङ्खलाबद्ध रूपमा भइरहेको आरोप लगाए । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको घटनाको समेत स्मरण गरे ।

    खतरा रहेको भनिएका व्यक्तिलाई सुरक्षा दिनुको सट्टा पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरिएको भन्दै उनले सरकारको कदमप्रति आपत्ति जनाए ।

    जबराको पक्राउलाई लिएर उनले सरकारको कार्यशैलीलाई ‘राज्य आतंक, गुन्डागर्दी, निरंकुशता र स्वेच्छाचारिता’को नमुनाका रूपमा चित्रण गर्दै त्यस्ता गतिविधिको भत्र्सना गरे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक: इन्जिनियरिङ सेवा नियमावली संशोधन, नर्वेको अनुदान…

    काठमाडौँ — सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य ५ वटा निर्णयहरू सार्वजनिक गरेको छ। सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    पार्टीभित्रको ‘विशेष राजनीतिक निर्णय’ ले महाधिवेशन तालिका प्रभावित: गगन थापा

    काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा आइपरेका प्राकृतिक विपत् र पार्टीभित्र बृहत्तर एकता कायम गर्ने प्रयासका कारण महाधिवेशनको

    १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज गरिने

    काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी

    रास्वपाले बनायो स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट समिति, देशव्यापी…

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट समिति गठन गर्नुका साथै संगठन विस्तार

    जलवायु कूटनीति प्रभावकारी बनाउन घरेलु तयारी मजबुत बनाउनुपर्छ : परराष्ट्रमन्त्री…

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन घरेलु तहमा जलवायु जोखिम न्यूनीकरण, पूर्वाधार विकास र विपद् व्यवस्थापनका

    Techie IT