जनप्रतिनिधिले अरुलाई सिकाउने मात्र नभई आफै नेतृत्व गर्नुपर्छ : पूर्वमन्त्री बस्नेत
काठमाडौँ । नेपाल सरकारका पूर्व स्वास्थ्य मन्त्री तथा सांसद मोहन बहादुर बस्नेतले जनप्रतिनिधिले अरुलाई सिकाउने मात्र नभई आफैं नेतृत्व गर्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजना भएको बहुप्रकोपमा आधारीत पुर्वसुचना प्रणाली तथा विपद जोखिम न्यूनिकरण सम्बन्धि नितिगत छलफल तथा आगामि विषयमा अन्तरक्रिया कार्यक्रम आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
प्राकृतिक विपत्तीको निरन्तर क्षतीका कारण नागरीकले भोगेको दुखमा सैद्धान्तीक र बैचारीक मात्र नभई व्यावहारीक हुनुपर्नेमा पूर्वमन्त्री बस्नेतले जोड दिए । काम गर्नको लागि पदिय जिम्मेवारीमा नभए पनि मन भयो काम गर्न सकीने उनको भनाई थियो ।
हरेक प्रकारका विपद तथा महामारीमा तत्कालका लागि राहत उद्धार र पुर्नस्थापनाको क्षेत्रमा तिनै तहको सरकार जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।
हेलम्बुको रातोपुल र मेलम्चीको बेलिब्रिज निर्माणमा आफुले अगुवाई गरी काम गर्दा आज नागरीकलाई सहजता भएको उनको भनाई थियो । विपदको समयमा तत्कालै काम गरी नागरीकको जनजिवीकामा सहजता ल्याउने तर्फ केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए ।
हेलम्बुको रातोपुल र मेलम्चीको बेलिब्रिज निर्माणमा आफुले अगुवाई गरी काम न नागरीकलाई सहजता भएको उनको भनाई थियो । समयमा तत्कालै काम गरी नागरीकको कामा सहजता ल्याउने तर्फ केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए ।
निर्वाचनको समयमा हरेक राजनितिक दलको फरक फरक ऐजेण्डा भएपनि नागरीकको समस्यामा सबै एक भएर काम गर्नुपर्ने पूर्वमन्त्री बस्नेतले बताए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ३ नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
- ४ सुनसरी गोलीकाण्ड : उपचारका क्रममा अर्का युवकको मृत्यु, मृतक संख्या तीन पुग्यो
- ५ सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोसी नदीमा खस्यो, तीन जना बेपत्ता
- ६ एलपी ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमद्वारा ‘क्विक रेस्पोन्स टिम’ गठन
- ७ आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा

तपाईको प्रतिक्रिया दिनुहोस