Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठप्रदेशजनताले कांग्रेस सरकारमा रहेकाे अनुभूति गर्ने गरि काम गर्छाैं : उपप्रधानमन्त्री सिंह

    जनताले कांग्रेस सरकारमा रहेकाे अनुभूति गर्ने गरि काम गर्छाैं : उपप्रधानमन्त्री सिंह


    जनकपुरधाम/२८ कात्तिक, उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नागरिकले नेपाली कांग्रेस सरकारमा रहेकाे अनुभूति हुने गरि काम गर्ने बताउनुभएकाे छ ।  जनकपुरमा रहेकाे मधेस प्रदेश नेपाली कांग्रेस पार्टी कार्यालयमा संक्षिप्त सम्बाेधन गर्दै उहाँले राजनीतिक स्थिरताका लागि अहिलेकाे गठबन्धन बनेकाे भन्दै सरकारले नागरिककाे चाहना अनुसार काम गर्ने बताउनुभयाे । राजनीतिक स्थायीत्व विना विकास र समृद्धि सम्भव नरहेकाे भन्दै उहाँले कांग्रेस र एमाले गठबन्धनले स्थीरतासँगै विकास निर्माणलाई प्राथमिकतामा राखेकाे बताउनुभयाे ।

    त्यस्तै फरक सन्दर्भमा उहाँले अहिले आइरहेका चुनाैति सामना गर्न सक्ने गरि कांग्रेस पार्टीलाई व्यवस्थित गर्नुपर्नेमा जाेड दिनुभयाे । प्रदेशले राम्राे काम गरे पार्टी बलियाे हुने भन्दै उहाँले मधेस प्रदेश समितिलाई संगठन निर्माणमा लाग्न पनि आग्रह गर्नुभयाे ।

    सेवा प्रवाह सहज बनाउन कर्मचारीलाई निर्देशन

    उपप्रधानमन्त्री एव् शहरी विकास मन्त्री सिंहले  नागरिकलाई सहज रूपमा सेवा दिन कर्मचारीलाई निर्देशन दिनुभएकाे छ । शहरी विकास मन्त्रालयले निर्माण गरेकाे
    मिथिला अन्तरगृह परिक्रमा विश्रामस्थल तथा सभाहल समुद्घान कार्यक्रममा बाेल्दै उहाँले सेवा प्रवाहलाई सहज बनाउन निर्देशन दिनुभएकाे हाे । `जनतालाई अनावश्यक रूपमा दुख दिने काम तपाईंहरूकाे गतिविधिबाट नहाेेेस् ,´ उहाँले भन्नुभयाे,` शहरी विकास मन्त्रालयबाट गर्नुपर्ने जति कामहरू छन्  छिटाेछरिताे रूपमा गर्नुहाेला ।´

    सभाहल र मिथिला अन्तरगृह परिक्रमा विश्रामस्थलकाे निर्माणले  स्थानीयलाई थप सहज हुने उपप्रधानमन्त्री सिंहले  विश्वास व्यक्त गर्नुभयाे । त्यस्तै उहाँले याेजनाहरू बनाउँदा जनप्रतिनिधिहरूसँग सल्लाह गर्दा काम सहज हुने पनि बताउनुभयाे । `याेजनाहरू बनाउँदा आवश्यक पर्ने पूर्वाधारहरूलाई प्राथमिकताका राखेर स्थानीय, प्रदेश र संघका जनप्रतिनिधिहरू सबैसँग सल्लाह गरेर काम अघि बढाउँदा राम्राे हुन्छ ,´ उहाँले भन्नुभयाे ।

    संघीय शहरी तथा भवन निर्माण कार्यालय जनकपुरधामले समयमै काम सम्पन्न गरेकाेमा प्रशंसा गर्दै आगामी दिनमा अरू आयाेजनाहरू पनि समयमै काम सक्ने गरि अघि बढाउन निर्देशन दिनुभयाे ।

    ६ कराेड २१ लाखमा समयमै निर्माण सम्पन्न भएकाे जलेश्वर- जनकपुरधाम-धनुषाधाम सर्किटअन्तर्गत सभाहल, विश्रामस्थल, धर्मशाला, मन्दिर परिसर सुधार, पाेखरि साैन्दर्यीकरणकाे काम सम्पन्न भएकाे छ । यसले जनकपुरधामकाे धार्मिक गतिविधिमा सघाउ पुग्ने विश्वास गरिएकाे छ ।

    त्यस्तै उपप्रधानमन्त्री सिंहले धनुषाकै गणेशमान चारथान नगरपालिकामा निर्मित नेपाल रेडक्रस आँखा उपचार केन्द्रकाे नवनिर्मित शल्यक्रिया भवनकाे पनि उद्घाटन गर्नुभयाे । उहाँले शल्यक्रिया सेवा शुरू भएपछि स्थानीय नागरिकले सुविधा पाउने र उपचारका लागि टाढा जानुपर्ने बाध्यता हट्ने विशवास व्यक्त गर्नुभयाे । आँखाकाे उपचार प्रभावकारी बनाउन आग्रह गर्दै उपप्रधानमन्त्री सिंहले आफूले सकेकाे सहयाेग गर्ने प्रतिवद्दता पनि जनाउनुभयाे । सिंह सहभागी कार्यक्रममा कांग्रेस सहमहामन्त्री महेन्द्र यादव, कांग्रेस  केन्द्रीय सदस्य, राष्ट्रिय सभा सदस्य आनन्द ढुँगाना, केन्द्रीय सदस्य किरण यादव र मुक्ता यादव पनि सहभागी हुनुहुन्थ्याे ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    श्रद्धा–भक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको

    Techie IT