Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २९ सोमबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियजनताको मुद्दालाई प्राथमिकता राख्न गृहमन्त्रीको निर्देशन

    जनताको मुद्दालाई प्राथमिकता राख्न गृहमन्त्रीको निर्देशन


    काठमाडौं/ १० भदौ, गृहमन्त्री रमेश लेखकले जनताको मुद्दालाई प्राथमिकता राख्न नेपाल प्रहरीलाई निर्देशन गर्नुभएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको समुद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले जनताको मुद्दालाई प्राथमिकतामा राख्दा प्रहरीको मुद्दा पनि सँगै समावेश हुने बताउनुभयो । “प्रहरी साथीहरूलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दालाई प्राथमिकता दिनुपर्‍यो । जनताको मुद्दालाई प्राथमिकता दिँदा आफ्नो मुद्दा पनि आइहाल्छ,” उहाँले भन्नुभयो ।

    सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको गृहमन्त्री लेखकले जानकारी दिनुभयो । नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ र जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउनेमा विश्वस्त रहेको उहाँले उल्लेख गर्नुभयो । “यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठुलो सहयोग गर्नेछ । जनताले उचित सेवा पाउन सकुन् । सरकारले प्रदान गर्ने सेवामध्ये  प्रहरीले प्रदान गर्ने महत्त्वपूर्ण सेवा हो,” गृहमन्त्री लेखक भन्नुभयो ।

    उहाँले कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उद्देश्य प्रस्ट पार्नुभयो । “दुई ठुला दल मिलेर सरकार बनेको छ । अहिलेको सरकार हामी केही मान्छे मन्त्री बनिहालौँ भनेर बनेको होइन । वि.सं. २०७९ को चुनावपछिको समय सरकार बनाउने र भत्काउनेमै गयो । आर्थिक, राजनीतिक र विकास निर्माणका लागि हामी दुई ठुला दल मिल्यौँ,” उहाँले भन्नुभयो, “यो सरकारको उद्देश्य भनेको सरकारको स्थायित्व, आर्थिक विकास, दिगो शान्ति, सुशासन र समावेशी चरित्रको राज्य व्यवस्था स्थापित गराउने हो ।”  कांग्रेस र एमाले  मिल्दा आत्मविश्वास वृद्धि भएको गृहमन्त्री लेखकले जिकिर गर्नुभयो ।

    “यसको उदाहरण १८ वर्षसम्म अल्झिएको सङ्क्रमणकालीन न्यायको विषय निष्कर्षमा पुगेको छ । हामी नेता उहीँ हौँ । छलफल हामीबिच  भएको थियो । तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमतिमा पुग्न सक्यौँ । ऊर्जाशील प्रधानमन्त्री हुनुहुन्छ । उहाँको नेतृत्वमा हामी केही गरी छाड्नेछौँ,” उहाँले भन्नुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    काठमाडौंमा ग्यास सहज रूपमा बिक्री गर्न प्रशासनको निर्देशन

    काठमाडौं । काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि जिल्ला प्रशासन

    रसुवा बाढी प्रभावित १५ स्थानीय तहका परिवारलाई मासिक १५ हजारसम्म…

    काठमाडौँ ।  रसुवा बाढीका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका रसुवा, नुवाकोट, धादिङ, तनहुँ र गोरखाका १५ स्थानीय तहका प्रभावित

    आज दर खाएर सुरु हुँदैछ हरितालिका तीज

    काठमाडौं । हिन्दू नारीहरूको प्रमुख पर्व हरितालिका (तीज) आज दर खाएसँगै औपचारिक रूपमा सुरु हुँदैछ। भाद्र शुक्ल द्वितीयाका दिन आज

    जलवायु परिवर्तन, हिमतालको जोखिम र उठाउनु पर्ने आवाज

    शोभाखर भण्डारी नेपाल विश्वका ती देशहरूमध्ये एक हो, जसले जलवायु परिवर्तनको समस्या सिर्जना गर्न अत्यन्त न्यून योगदान दिएको छ, तर

    त्रिशूलीमा पुल बगेपछि ह्युम पाइप राखेर अस्थायी आवतजावत सञ्चालन गरिने

    नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले पुल बगाएपछि त्रिशूली बजार क्षेत्रमा नदी वारपार गर्न भइरहेको समस्या तत्काल समाधान

    बाढीपछिको खोज तथा उद्धारबारे प्रधानमन्त्री शाह र न्युजील्यान्डका प्रधानमन्त्रीबीच टेलिफोन…

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच भोटेकोशी बाढीपछिको अवस्थाबारे टेलिफोन वार्ता भएको छ। वार्तामा प्रधानमन्त्री शाहले

    Techie IT