Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ समाचार ∕ जनताकाे दु:खका साथी पूर्वमन्त्री बस्नेत

    जनताकाे दु:खका साथी पूर्वमन्त्री बस्नेत


    काठमाडौ । आइतबार राती खाग्दल खोलामा आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ३ र ५ जोड्ने बेलिब्रिज बगाएको छ ।

    बाढीले पुल बगाउँदा अरनिको राजमार्ग ठप्प भएको छ । बाढीले केही घरहरुमा समेत क्षति गरेको स्थानीयहरुले जनाएका छन् ।

    बाढीका कारण स्थानीय ब्यवसायी रावण रोक्काको गोदाममा रहेको निर्माण सामग्री समेत पुरिएको छ । सो खोलामा केही वर्ष अगाडि पनि ठुलो बाढी आएको आएर धेरै क्षति गरेको थियोे ।

    आज विहानै गृहजिल्लामा बाढीका कारण पुल बगायो भन्ने फोन आयो । गृहजिल्ला प्राकृतिक विपत्तिबाट गुज्रिरहेकाे खबर पाउना साथ पूर्वमन्त्री माेहन बस्नेत संसद र सपथ छाडी जनताको काममा जिल्ला गए ।

    बाढीका कारण अवरुद्ध भएको सडकखण्डको प्रतिनिधिसभा सांसद मोहन बहादुर बस्नेत, प्रदेश सांसद मसिना खड्का भण्डारी, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधहरु लगाएतले संयुक्त स्थगलत अवलोकन गरेका थिए ।

    सो क्रममा सांसद बस्नेतले एकसाताभित्र अर्को बेलिब्रिजको व्यवस्था गरेर भएपनि आवतजावतलाई सूचारु गर्ने प्रतिवद्धता जनाए । उनले सवैको सहकार्यमा प्राकृतिक प्रकोपलाई न्यूनिकरण गर्ने गरि योजना बनाउन आवश्यक रहेको धारणा राख्खे ।

    उक्त राजमार्ग ठप्प भएसँगै बाह्रबिसे नगरपालिकाले बाह्रबिसे वडा न.८ एक्लेबेसि हुँदै जम्बु निस्किने बैकल्पिक सडक प्रयोग गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । बाह्रविसे तातोपानी नाका आवत जावत बन्द भएको छ ।

    यस्तै जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिको लार्के खोलामा आएको बाढिका कारण वडा नं १ र २ जोड्ने चिण्डे झोलुङ्गे पुल, २ र ४ जोड्ने महाकाल झोलुङ्गे पुलमा क्षति पुगेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    आज पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा–हिमपातको सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक

    भोटेकोशी–त्रिशूली विपद् अध्ययन समितिका सभापति पराजुलीले लिए शपथ

    काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिका नवनिर्वाचित सभापति गणेश पराजुलीले पद तथा

    ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणमा तत्काल ठोस कदम चाल्न सरकारलाई…

    काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्लो अविरल वर्षाका कारण

    महाकाली नदीमा आएको बाढीले दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडियो

    कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई बाँकी नेपालसँग जोड्ने महाकाली नदीमाथिको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुल चुँडिएको छ। बुधबार बिहान महाकाली नदीमा

    Techie IT