छारेभिरमा पहिरोसँगै ठूला ढुंगा खस्दा कर्णाली करिडोर अवरुद्ध
हुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२, रिपनजिकैको छारेभिरमा पहिरोसँगै ठूला ढुंगा खसेपछि सडक अवरुद्ध भएको छ ।
शनिबार पहिरो खस्दा करिब १०० मिटर सडक क्षेत्रमा ढुंगा थुप्रिएपछि कर्णाली करिडोरमा सवारी आवागमन ठप्प भएको हो । सडकमा ठूलाठूला ढुंगा खसेका कारण करिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
जिल्ला सदरमुकाम सिमकोटमा आइतबार सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेका छन् । अदानचुली गाउँपालिका–२ का कमल बुढाका अनुसार स्वास्थ्य शिविरमा सहभागी हुन आएका उनीहरू पहिरोका कारण गन्तव्यमा पुग्न सकेका छैनन् ।
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले सडक खुलाउन आवश्यक पहल भइरहेको जानकारी दिए । उनका अनुसार सडकमा ठूला ढुंगा खसेकाले सामान्य उपकरणबाट मात्रै सडक खुलाउन सम्भव छैन ।
सडक खुलाउने विषयमा सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहलगायत उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरिएको उनले बताए । आइतबार बिहानैदेखि सडक खुलाउने काम सुरु गर्ने तयारी गरिएको छ ।
दुर्गम क्षेत्रमा आवश्यक साधनस्रोत तत्काल उपलब्ध गराउन कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्न सक्ने प्रमुख जिल्ला अधिकारी गुरागाईंले बताए । उनका अनुसार आइतबार बिहानदेखि निरन्तर काम अघि बढाएर सम्भवतः पर्सि दिउँसोसम्म कर्णाली करिडोर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
करिब १०० मिटर सडक क्षेत्रमा ठूला ढुंगा थुप्रिएकाले ती ढुंगा फुटाएर सडक सञ्चालनमा ल्याउनुपर्ने अवस्था रहेको प्रशासनले जनाएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ४ प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न विधेयक कार्यसूचीमा
- ५ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ६ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी
- ७ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री

तपाईको प्रतिक्रिया दिनुहोस