छानबिनबाट सफाइ पाउनेमा विश्वस्त छु : सुदन गुरुङ
काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङ ले आफूले छानबिनबाट सफाइ पाउने विश्वास व्यक्त गरेका छन्।
गोरखामा आयोजित पार्टीको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो सम्पत्तिसम्बन्धी उठेका प्रश्नहरूको निष्पक्ष छानबिनमा सहयोग पुर्याउन आफूले पदबाट राजीनामा दिएको बताएका हुन्। गुरुङले छानबिन प्रक्रियाप्रति विश्वास रहेको उल्लेख गर्दै अन्ततः सत्य स्थापित हुने र आफूले सफाइ पाउने अपेक्षा व्यक्त गरे।
उनले भने, “सार्वजनिक पदमा बसेर काम गर्दा उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भन्ने सोचका साथ छानबिन समितिसमक्ष बयान दिएको हुँ। बयानका क्रममा केही प्रश्न निकै कडा थिए, तर मैले सबैको सहज र स्पष्ट जवाफ दिएको छु।”
गुरुङले छानबिन प्रक्रिया सम्पन्न भएपछि आफू पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त हुने आशासमेत व्यक्त गरेका थिए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
- ४ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ५ धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न मानव अधिकार आयोगको आग्रह
- ६ भदौ १३ पछिका सबै परीक्षा स्थगित गर्न निर्देशन
- ७ कम्युनिस्ट शक्तिबीच एकता र पुनर्गठन आजको आवश्यकता : प्रचण्ड

तपाईको प्रतिक्रिया दिनुहोस