Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठराष्ट्रियछठ पर्वले मधेसी समुदायको सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्दछ: उपराष्ट्रपति यादव

    छठ पर्वले मधेसी समुदायको सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्दछ: उपराष्ट्रपति यादव


    काठमाडौं/ २२ कात्तिक, छठ पर्वले मधेसी समुदायको सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्ने बताउनु भएको छ । छठ पर्वको अवसरमा शुभकामना सन्देश दिनुहुँदै उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यस्तो बताउनुभएको हो ।
    सूर्यको पूजा, उपासना र आराधना गरी चार दिनसम्म मनाइने छठ पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गर्नु भएको छ । श्रद्धा, आस्था, सङ्कल्प र प्राकृतिक सौन्दर्यको अद्वितीय सङ्गमका रूपमा रहेको छठ पर्वको सांस्कृतिक, सामाजिक, सामुदायिक, पारिवारिक र पर्यावरणीय महत्त्व रहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । यो पर्व नेपाली संस्कृतिको विविधता र समृद्धिको प्रतीक पनि हो । यस पर्वका क्रममा पारम्परिक गीत, नृत्य र लोक कथाहरूको आयोजना गरिन्छ, जसबाट रैथाने संस्कृति र परम्पराहरूको संरक्षणमा टेवा पुग्ने बताउनुभएको छ ।
    छठ पर्व धार्मिक अनुष्ठान मात्रै होइन, समाज, संस्कृति, समुदाय, परिवार र पर्यावरणको विभिन्न पाटोहरूलाई जीवन्त बनाउन र बुझ्नका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने सन्देश दिनुभएको छ । देशलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र राष्ट्रियतालाई बलियो बनाउँदै मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन छठ पर्वले सम्पूर्ण नेपालीलाई उत्प्रेरित गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT