Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २२ शुक्रबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियचौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन निर्देशन

    चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन निर्देशन


    काठमाडौँ/ ६ मंसिर  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीले हवाई भाडा नघटाए सरकारले कडा कदम चाल्ने बताउनुभएको छ ।
    हवाई भाडा वृद्धि नियन्त्रणबारे सरोकारवालासँग बुधबार भएको छलफलपछि मन्त्री पाण्डेले यसअघि हवाई भाडा नियन्त्रणका लागि भएको पाँचबुँदे सहमति कार्यान्वयन गर्न हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर बुझाउन निर्देशन दिनुभयो । 
    उहाँले भन्नुभयो, “हामीले नागरिकहरूकै सेवा भनेर हवाई कम्पनीहरूलाई सहुलियत दिएका थियौँ तर त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारपन देखाइएकाले नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापारजस्तो गर्नुभएको छ ।”
    मन्त्री पाण्डेले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत महँगो हवाई भाडा लिएकोप्रति सचेत गराउँदै हालै बिक्री भएका टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिनुभयो । हवाई भाडा वृद्धिबारे गुनासो बढेपछि सरकारको गम्भीर ध्यानाकर्षण भएको र तुरुन्तै परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबिच बसेको बैठकमा समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरी नागकिरप्रति जिम्मेवार बन्न एयरलाइन्सलाई आग्रह गरिएको मन्त्री पाण्डेले बताउनुभयो । मन्त्रालयका सचिव गणेश पाण्डेयले हवाई सेवा कम्पनीहरूले सम्झौता अनुसार हवाई भाडा लागु नगर्नु चिन्ताको विषय भएको बताउनुभयो । 
    उहाँले भन्नुभयो, “आफूले गरेको निर्णय आफैँ लागु गर्ने कि नियमन गर्न कठोर बन्नुपर्ने हो । हवाई कम्पनीले सम्झौता अनुसार हवाई भाडा कार्यान्वयन गरेर जनताको विश्वास जित्नु पर्छ । अटेर गर्नुभयो भने सेवा दिन आउने नयाँ हवाई कम्पनीका लागि सूचना आह्वान गर्न सकिन्छ ।”
    नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाई भाडा नियन्त्रणसम्बन्धी पाँचबुँदे सहमति कार्यान्वयन नगरेको र हवाई टिकटमा कृत्रिम अभाव देखाउँदै कालोबजारी गरिरहेकाले त्यसलाई नियन्त्रण गरेरै छोड्ने अठोट व्यक्त गर्नुभयो । 




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिएपछि आगलागी, मानवीय क्षति भएन

    रौतहट ।  रौतहटको चन्द्रपुर नगरपालिका–४ धन्सार पुलस्थित महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र

    काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा सम्मानसहित…

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि अनिवार्य अवकाशमा गएका छन्। उमेर हदका कारण सेवा निवृत्त भएका

    काठमाडौंका होटल–रेस्टुरेन्टलाई धुम्रपानका लागि छुट्टै स्थान अनिवार्य बनाउन प्रशासनको निर्देशन

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टलाई धुम्रपानसम्बन्धी कानुनी व्यवस्था कडाइका साथ पालना गर्न निर्देशन दिएको

    Techie IT