Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १ शुक्रबार

    अपडेट
    गृहपृष्ठराजनीतिचुनावी धक्का अस्थायी मात्रै हो, एमाले फेरि उठ्छ : ओली

    चुनावी धक्का अस्थायी मात्रै हो, एमाले फेरि उठ्छ : ओली


    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पार्टीले धक्का खेपेको भए पनि एमाले समाप्त नभएको बताएका छन्।

    जननेतामदन भण्डारीको  ७५औँ जन्मजयन्ती समारोहलाई सम्बोधन गर्दै ओलीले एमाले अहिले संघर्षको अवस्थामा रहेको तर पुनः सशक्त रूपमा उठ्ने दाबी गरे।

    उनले भने, “निर्वाचनमा हामीले धक्का खाएका छौँ। तर धक्का खानु र समाप्त हुनु फरक कुरा हो। हामी अहिले लडेका हौँ, मरेका होइनौँ। फेरि उठ्छौँ र प्रतिक्रियावादी शक्तिलाई पराजित गर्छौँ।”

    ओलीले वर्तमान सरकारको आलोचना गर्दै संसद् बोलाइएको अवस्थामा पनि अध्यादेशमार्फत शासन चलाउने प्रयास भएको आरोप लगाए। उनले सरकारका गैरसंवैधानिक गतिविधि रोक्न वामपन्थी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।

    उनले एमाले संकुचित सोचबाट टाढा रहेको तर असम्भव र असंवैधानिक गतिविधिप्रति उदार नरहेको बताए। साथै, सरकारका कदमविरुद्ध लोकतान्त्रिक र वामपन्थी शक्तिबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

    ओलीले नेपाली कांग्रेस फुटेको प्रसंग उल्लेख गर्दै अन्य दलहरूलाई पनि विभाजन गर्ने प्रयास भइरहेको दाबी गरे। एमाले बलियो, संगठित र आफ्ना उद्देश्यप्रति सचेत पार्टी भएकाले कुनै पनि षड्यन्त्रलाई पराजित गर्ने उनले बताए।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT