Techie IT
  • The Film Nepal
  • २०८३ असार ३१ बुधबार

    अपडेट
    गृहपृष्ठप्रदेशबाग्मतीचुच्चेपाटीमा ओभरटेक गर्न खोज्दा चार वटा दुई पांग्रेसँग कार ठोक्कियो, ६ जना घाइते

    चुच्चेपाटीमा ओभरटेक गर्न खोज्दा चार वटा दुई पांग्रेसँग कार ठोक्कियो, ६ जना घाइते


    काठमाडौं /पौष २४, काठमाडौँको चुच्चेपाटीमा कारले ओभरटेक गर्न खोज्दा बस र चार वटा दुईपांग्रे सवारी आपसमा ठोक्किएका छन् ।
    बौद्धबाट चाबहिलतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–०३२ च ६३६३ नम्बरको ईभी कारले सोही दिशातर्फ जाँदै गरेको बसलाई ओभरेटक गर्न खोज्दा ३ वटा मोटरसाइकल र एउटा स्कुटरसँग ठोक्किएको हो । दुर्घटनामा परेर ६ जना घाइते भएका छन् ।
    बा३ख ६३५९ नम्बरको बसलाई ओभरटेक गर्न खोज्दा भएको दुर्घटनामा परेर दुईपांग्रेका चालक र सवार यात्रु घाइते भएका छन् । घाइने हुनेमा बा७३प ६५९२ नम्बरको मोटरसाइकल चालक काभ्रे घर भएका ३० वर्षीय बसन्त तामाङ, बा९२प ४७९६ नम्बरको मोटरसाइकल चालक सुन्दरीजल बस्ने २६ वर्षीय दिनेश लामा, सो मोटरसाइकलमा सवार ५८ वर्षीय कुमार तामाङ र पैदलयात्रु सुनसरी घर भएका २६ वर्षीय रेवत ढकाल घाइते भएका छन् ।
    प्रदेश–१–०२–०५४ प १०२१ नम्बरको मोटरसाइकल चालक पाँचथर घर भएका २३ वर्षीय सूर्य लिम्बू र बागमती प्रदेश–०२–०४४ प १८६२ नम्बरको स्कुटर चालक ५५ वर्षीय डण्डु शेर्पा पनि घाइते भएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
    दुर्घटना गराउने कार चालक रौतहट घर भएका अनुज खड्कालाई प्रहरी वृत्त बौद्धको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद…

    काठमाडौं । सरकारले बीउबिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई रोकिएको नगद पुरस्कार उपलब्ध गराउनेलगायत

    एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको…

    काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप

    तीन दिन नदीमा बहाव बढ्ने पूर्वानुमान, काठमाडौं उपत्यकासहित धेरै जिल्लामा…

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश नदी तथा खोलामा पानीको बहाव

    भानुभक्तको मार्ग आत्मसात गर्दै नेपाली भाषा–साहित्यको संरक्षण गर्न सभामुख अर्यालको…

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा सीमित नराखी उहाँले देखाएको मार्गलाई आत्मसात गर्दै नेपाली भाषा

    संघीय संसदका चार समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाका तीन र राष्ट्रिय सभाको एक गरी चार वटा समितिको बैठक बस्दैछन्। बैठकहरूमा राष्ट्रिय

    विमानस्थलमै कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईं नियन्त्रणमा, प्रहरीले घर पुर्‍यायो

    काठमाडौं । मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्‍याएको छ। प्रहरीका अनुसार

    Techie IT