Techie IT
  • The Film Nepal
  • २०८३ असार ४ बिहीबार

    अपडेट
    गृहपृष्ठअन्तराष्ट्रियचीनको अनुभवबाट नेपालले लाभ लिनुपर्ने

    चीनको अनुभवबाट नेपालले लाभ लिनुपर्ने


    काठमाडौं/ २ मङ्सिर, प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा त्यहाँको अनुभवबाट सिकेर नेपालले फाइदा लिन सक्नुपर्ने कुरा प्राथमिकतामा राख्न विज्ञहरूले सुझाव दिएका छन् । फ्रेन्डस् अफ चाइनाले शनिबार राजधानीमा आयोजना गरेको ‘आधुनिक चीनसँग नेपालको दुईपक्षीय सम्बन्ध’ विषयक अन्तर्क्रियामा उनीहरूले चिनियाँ लगानी आकर्षण, चीनको शिक्षाको मोडेल र अनुभवबाट नेपाललाई शिक्षाको हब निर्माण जस्ता विषय प्रधानमन्त्रीको भ्रमणको मुख्य प्राथमिकता बनाउन आग्रह गरेका हुन् ।

    त्रिभुवन विश्वविद्यालयका प्राध्यापक विपिन देवले प्रधानमन्त्रीले कुनै पनि देशको भ्रमण गर्दा एक भ्रमण, एक योजना बनाउनुपर्ने भन्दै चिनियाँ अनुभव, पुँजी र चिनियाँ लगानी ल्याउने कुरालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
    त्रिभुवन विश्वविद्यालयका अर्का प्राध्यापक केशव सिग्देलले नवप्रवर्तनकारी काम गर्न चीनसँग सहयोग माग्ने र नेपालमा उद्योग खोल्न लगाउने पहल गर्न सके रोजगारीको अवसर सिर्जना हुनुका साथै युवाहरू विदेश पलायन हुनबाट रोक्ने वातावरण बन्ने बताउनुभयो ।
    कार्यक्रमका अर्का वक्ता डा. विक्रम तिमल्सिनाले विश्वास र सद्भावबाट नै दुई देशबिचको सम्बन्ध प्रगाढ र बलियो बन्ने भन्दै यसबाट दुई देशबिचको सम्बन्ध पनि मजबुत हुने बताउनुभयो ।
    कार्यक्रममा बागमती प्रदेशका सभामुख भुवन पाठकले प्रधानमन्त्रीले भ्रमण गर्दा एजेन्डा र प्राथमिकतामा अलमल हुने गरेको भन्दै यस पटक त्यस्तो हुन नहुने बताउनुभयो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो,…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय…

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद

    प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले…

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न

    परराष्ट्रमन्त्री खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता

    काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेसनल कमिटी अफ द पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी)

    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। आयोगको टोलीले मंगलबार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    Techie IT