Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिचिलिमेमा सम्पर्कविहीन राष्ट्रसेवकका परिवारलाई ऊर्जा मन्त्री श्रेष्ठको आश्वासन : ‘अझै आशा मार्ने बेला भएको छैन’

    चिलिमेमा सम्पर्कविहीन राष्ट्रसेवकका परिवारलाई ऊर्जा मन्त्री श्रेष्ठको आश्वासन : ‘अझै आशा मार्ने बेला भएको छैन’


    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा सम्पर्कविहीन रहेका राष्ट्रसेवकका परिवारजनलाई भेटेर सरकार खोजी तथा उद्धारमा निरन्तर लागिरहेको बताएका छन्।

    सम्पर्कविहीन भएका आफन्तको एक सातासम्म पनि अवस्था थाहा नपाउँदाको पीडा गहिरो हुने भन्दै मन्त्री श्रेष्ठले दुःखको यस घडीमा सरकार परिवारजनसँगै रहेको बताए।

    उनले सम्पर्कविहीन नागरिक तथा राष्ट्रसेवकको अवस्थाबारे जानकारी प्राप्त हुन नसक्दा सरकार पनि उत्तिकै मर्माहत रहेको उल्लेख गरे। ‘हरेक जीवन अमूल्य छ। एउटा पनि जीवनको खोजीमा राज्यले कुनै कसर बाँकी राख्नु हुँदैन र राखेको पनि छैन,’ उनले भने।

    मन्त्री श्रेष्ठका अनुसार खोजी तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र, दक्ष जनशक्ति, प्रविधि तथा उपलब्ध स्रोतसाधन परिचालन गरिएको छ। उद्धारमा प्रविधि, जनशक्ति र स्रोतसाधनको कुनै कमी हुन नदिइएको भन्दै उनले एक सातासम्म अपेक्षित परिणाम प्राप्त हुन नसक्दा चिन्ता बढेको बताए।

    कठिन परिस्थितिका बाबजुद सरकारले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै उनले परिवारजनलाई धैर्य नगुमाउन आग्रह गरे।

    ‘हामी अन्तिम सम्भावनासम्म प्रयास गरिरहनेछौँ। अझै आशा मार्ने बेला भएको छैन। प्रयास र प्रार्थना सँगसँगै गरौँ, आशा जीवित राखौँ,’ मन्त्री श्रेष्ठले भने।

    सरकार आफ्ना नागरिक तथा राष्ट्रसेवकका परिवारसँगै रहेको बताउँदै मन्त्री श्रेष्ठले कठिन घडीमा परिवारलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT