भापा/ ५ कातिक, मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो ।
चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिनुभयो । चालु आवको पहिलो तीन महिनामा रु एक अर्ब ७१ करोड ४० लाख ३१ हजार बराबरको चिया निर्यात भएको छ । आव २०८०र८१ को सोही अवधिमा रु एक अर्ब १३ करोड ५९ लाख ९४ हजार बराबरको चिया निर्यात भएको थियो ।
भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले जानकारी दिनुभयो । चिया निर्यातमा सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।
कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१र८२ को पहिलो त्रैमासिकमा अलैँचीको निर्यातमा ४९ प्रतिशतले गिरावट आएको छ । चालु आवको तीन महिनामा सात सय ८३ दशमलव ७५ मेट्रिक टन अलैँची निर्यात भएको छ । आव २०८०र८१ को सोही अवधिमा एक हजार पाँच सय २५ दशमलव ९६ मेट्रिक टन अलैँची निर्यात भएको थियो ।
कार्यालयको तथ्याङ्कानुसार प्लाइउड, अम्रिसो र भेनीयर सिटको परिमाण क्रमश। २५, ३९ र एक सय ६६ प्रतिशतले वृद्धि भएको छ । यसैगरी अदुवा, छुर्पी, फलाम, तरकारीलगायत वस्तुको निर्यातमा कमी आएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ३ कप्तानगञ्जसहित तराईका जिल्लामा देखिएको तनावप्रति उद्योग वाणिज्य महासंघको चिन्ता, शान्ति कायम गर्न आग्रह
- ४ त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले पायो पूर्णता, चार सदस्य नियुक्त
- ५ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ६ राष्ट्रपतिद्वारा प्रधानमन्त्री शाहलाई शान्ति, सद्भाव र संयम कायम गर्न आग्रह
- ७ संघीय संसदका तीन समितिको आज बैठक, चिकित्सा शिक्षा ऐन कार्यान्वयनदेखि वार्षिक कार्ययोजनासम्म छलफल

तपाईको प्रतिक्रिया दिनुहोस