Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २९ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारचिकित्सा शिक्षा ऐन संसोधन भएपछि युवाहरुको विदेश पलायन रोकिन्छ : स्वास्थ्य मन्त्री बस्नेत

    चिकित्सा शिक्षा ऐन संसोधन भएपछि युवाहरुको विदेश पलायन रोकिन्छ : स्वास्थ्य मन्त्री बस्नेत


    सिन्धुपाल्चोक – स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संसोधन गरेपछि स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने वातावरण बन्ने र युवाहरुको विदेश पलायन रोक्न सकिने बताएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ५ स्थित बलेफी माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शिक्षा अध्ययनका लागि मात्र हरेक वर्ष ठूलो संख्यामा युवायुवती विदेश पलायन भइरहेकाले उनीहरुलाई स्वदेशमै पढ्न पाउने वातावरण बनाउन विद्यमान चिकित्सा शिक्षा ऐन संसोधन आवश्यक रहेको बताएका हुन । नेपालका मेडिकल कलेजहरु र स्वास्थ्य प्रतिष्ठानहरुमा अहिलेको क्षमता भन्दा बढी विद्यार्थीलाई एमविविएस र एमडी पढाउन सक्ने क्षमता भएको दावी गर्दै क्षमता हुदा हुदै पनि स्वदेशमा पढ्न नदिएर युवायुवतीलाई पढ्न कै लागि विदेश पठाउनु सही नभएको मन्त्री बस्नेतले बताए । वर्तमान ऐनकै अव्यवहारिक व्यवस्थाका कारण डाक्टर पढ्न मात्र नभएर नर्स पढ्न पनि विदेश जानेको संख्या उल्लेख्य रहेको भन्दै मन्त्री बस्नेतले भने, ‘ अव सरकारले चाडै चिकित्सा शिक्षा ऐन संसोधन गरेर स्वदेशमै चिकित्सा शिक्षाका सिट बढाउने छ । त्यसपछि चिकित्सा शिक्षा पढ्न विदेश जानेको संख्या घट्ने छ । ’ विदेशी विद्यार्थी समेत नेपाल आएर चिकित्सा शिक्षा पढ्न चाहिरहेको अवस्थामा आफ्ना विद्यार्थीलाई पढ्न कै लागि विदेश पठाउनु स्वभावित नभएको मन्त्री बस्नेतको तर्क छ । उनले १०० बेडदेखि ३०० बेडसम्मका अस्पतालमा नर्सको पढाई गर्ने र ३०० बेड भन्दा माथिका अस्पतालमा एमविविएसको पढाई गर्ने गरि व्यवस्था मिलाउन सकिने गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव पास गरेको बताउदै मन्त्रीपरिषद्का अधिकांश सदस्यहरुले प्रस्तावलाई सकारात्मक लिएको बताएका छन् । नेपालमा चिकित्सा शिक्षाको विकास गर्ने र ठोस निर्णय गर्ने अहिलेको बेला उयपुक्त भएको बताउदै जनताको हित हुने कुरामा निर्णय गर्न आफू कहिल्यै पछि नपर्ने दावी गरेका हुन । चिकित्सा शिक्षा ऐन तत्काल संसोधन गर्न नसकिए निकट भविश्यमै चिकित्सक र नर्सको अभाव हुने मन्त्री बस्नेतले बताए । मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा नि:शुल्क हुनु पर्नेमा जोड दिदै अहिलेकै सरकारले कक्षा १२ सम्मको शिक्षा नि:शुल्क गर्ने दावी गरे । कार्यक्रममा बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङले शिक्षाको विकास नभएसम्म गाउँको विकास संभव नभएकाले विद्यालय शिक्षाको सुधारका लागि सरकारले ठोस नीति ल्याउनु पर्ने बताए । बलेफी गाउँपालिकाका उपाध्यक्ष सरु लामाले कक्षा १२ सम्म नि:शुल्क गर्न गाउँपालिकाले आफ्नो नीति कार्यक्रममा समावेश गरिसकेको भए पनि बजेट अभावले यो वर्ष लागु गर्न नसकिएको जानकारी दिदै आउदो वर्ष लागु गर्ने बताइन । कार्यक्रममा नेपाली कांग्रेस बलेफी गाउँपालिकाका अध्यक्ष सुवास तिमल्सिनाले बलेफी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पढाईमा सुधार ल्याउन आफुले नीजि खर्चमा कोचिङ क्लास पढाउन सहयोग गर्ने बताए ।
    कार्यक्रममा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीहरुलाई स्वास्थ्य मन्त्री बस्नेतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज देशभर मनसुनी गतिविधि सक्रिय, कर्णाली–सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान

    सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो

    काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।

    सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालन

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    Techie IT