चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति ताेकियाे
काठमाडौं । चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिएको छ ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा निमित्त उपकुलपति नियुक्त भएका हुन् ।कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ उपकुलपति नियुक्ति गर्ने व्यवस्था अनुसार उपकुलपतिको कार्यकाल सकिएसँगै गत बिहिबार प्रतिष्ठानका निमित्त उपकुलपति तोकेका हुन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डीन प्रा.डा. श्रीकृष्ण श्रेष्ठ र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुपतिको जिम्मेवारी पाएका हुन् ।
त्यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. सञ्जीवकुमार शर्मा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्राध्यापक डा. डबलबहादुर धामीले निमित्त उपकुलपतिको जिम्मेवारी पाएका हुन् । उनीहरू दुवैजना तत्–तत् प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर) हुन् । दुवै प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त उपकुलपति पदमा शर्मा र धामीलाई नियुक्त गरेका हुन् ।
निमित्त उपकुलपतिहरुलाई प्रतिष्ठानको नयाँ उपकुलपति नियुक्त नभएसम्मका लागि नियमित शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्ने अधिकार दिइएको हो ।चारवटै प्रतिष्ठानमा गत चैत्र २३ देखि २७ गतेसम्ममा उपकुलपतिहरुको चार वर्षे कार्यकाल सकिएको थियो । यसअघि पोखरामा पोखरामा प्रा.डा. डुकबहादुर क्षेत्री, धरानमा डा. ज्ञानेन्द्र गिरी, , कर्णालीमा डा. मंगल रावल र पाटनमा प्रा.डा. राजेशनाथ गंगोल उपकुलपति थिए ।चारवटै प्रतिष्ठानमा उपकुलपतिका लागि सरकारले सिफारिस समिति गठन गर्ने र सो सिफारिसका आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्रीले नयाँ उपकुलपति नियुक्ति गर्ने व्यवस्था छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत
- २ नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै
- ३ कांग्रेस निर्वाचन अपडेट: राष्ट्रिय सभागृह, खुलामञ्च र तीनवटा हलमा भोटिङ, मोबाइल लैजान निषेध
- ४ सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
- ५ नेपाली श्रमिकलाई ठूलो राहत: मलेसियामा न्यूनतम तलब २ हजार रिंगिट पुग्यो, मासिक कमाइ साढे ७५ हजार हुने
- ६ नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि
- ७ विदेशी मुद्राको विनिमय दर सार्वजनिक: कुवेती दिनार सबैभन्दा महँगो, डलरको बिक्रीदर १५५ रुपैयाँ पार

तपाईको प्रतिक्रिया दिनुहोस