Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २४ बुधबार

    अपडेट
    गृहपृष्ठसमाचारचार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति ताेकियाे

    चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति ताेकियाे


      काठमाडौं । चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिएको छ ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा निमित्त उपकुलपति नियुक्त भएका हुन् ।कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ उपकुलपति नियुक्ति गर्ने व्यवस्था अनुसार उपकुलपतिको कार्यकाल सकिएसँगै गत बिहिबार प्रतिष्ठानका निमित्त उपकुलपति तोकेका हुन्।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डीन प्रा.डा. श्रीकृष्ण श्रेष्ठ र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुपतिको जिम्मेवारी पाएका हुन् ।

    त्यस्तै  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. सञ्जीवकुमार शर्मा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्राध्यापक डा. डबलबहादुर धामीले निमित्त उपकुलपतिको जिम्मेवारी पाएका हुन् । उनीहरू दुवैजना तत्–तत् प्रतिष्ठानका शिक्षाध्यक्ष (रेक्टर) हुन् । दुवै प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त उपकुलपति पदमा शर्मा र धामीलाई नियुक्त गरेका हुन् ।

    निमित्त उपकुलपतिहरुलाई प्रतिष्ठानको नयाँ उपकुलपति नियुक्त नभएसम्मका लागि नियमित शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्ने अधिकार दिइएको हो ।चारवटै प्रतिष्ठानमा गत चैत्र २३ देखि २७ गतेसम्ममा उपकुलपतिहरुको चार वर्षे कार्यकाल सकिएको थियो । यसअघि पोखरामा पोखरामा प्रा.डा. डुकबहादुर क्षेत्री, धरानमा डा. ज्ञानेन्द्र गिरी, , कर्णालीमा डा. मंगल रावल र पाटनमा प्रा.डा. राजेशनाथ गंगोल उपकुलपति थिए ।चारवटै प्रतिष्ठानमा उपकुलपतिका लागि सरकारले सिफारिस समिति गठन गर्ने र सो सिफारिसका आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्रीले नयाँ उपकुलपति नियुक्ति गर्ने व्यवस्था छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    अधिकारीलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश

    काठमाडौं ।  विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई पाँच लाख धरौटीमा रिहा

    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

    काठमाडौं।समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन्।आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

    काँग्रेसका साँसदहरुद्धारा प्रतिनिधिसभा पुर्नस्थापनाको माग गरिएको रीट निवेदन दर्ता

    काठमाडौं।नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ।दुई दिन अघि नै पेस भएको रिटलाई

    भ्रष्टाचारविरुद्ध कठोर हुने र धम्कीबाट नडराउँने प्रधानमन्त्री कार्कीको भनाई

    काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासनका लागि पनि बनेको बताएकी छन् ।उनले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम

    एमालेको ११औं महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी…

    काठमाडौं । नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनका लागि  महाधिवेशनमा २ हजार ६ सय १३ जना प्रतिनिधि सहभागी हुनेछन् ।एमालेको महाधिवेशन बन्द

    कस्तो रहला आजको मौसम ?

    काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ ।जल तथा मौसम विज्ञान

    Techie IT