Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २७ शनिबार

    अपडेट
    गृहपृष्ठमनोरञ्जनचलचित्र ‘कार्की साइँला’मा जितु नेपाल र वर्षाले जोडी बाँध्ने

    चलचित्र ‘कार्की साइँला’मा जितु नेपाल र वर्षाले जोडी बाँध्ने


    काठमाडौं । आगामी फिल्म ‘कार्की साइँला’मा जितु नेपाल र वर्षा सिवाकोटीले जोडी बाँध्ने भएका छन् | सोमबार कोटेश्वरको महादेवस्थानमा स्क्रिप्ट पूजा गर्दै सिनेमाको शुभ मुहूर्त गरिएको हो ।

    जितु र वर्षाले पहिलोपटक स्क्रिन सेयर गर्न लागेका हुन् ।सिनेमामा वर्षा र जितुको अलावा गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर मनिल तामाङ रहेको छ ।  कर्णबहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्रमा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । चलचित्रका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् ।बालकुमार राई र श्याम मगर निर्माता रहेको चलचित्रले ग्रामीण जीवनको कथा भन्नेछ । भुईं मान्छेको कथालाई चलचित्रमा प्रस्तुत गरिने निर्देशक बस्नेतको भनाइ छ ।पटकथा र संवाद अजित लामिछानेको छ । एक्सन कोरियोग्राफी राजु किराँती, संगीत बाबुल गिरी, नृत्य कमल राईको हुनेछ ।

    चलचित्रको मूल पात्र एक भरिया हुन्, जसको जीवन संघर्ष र संवेदनालाई पर्दामा उतारिने छ । नेपाली सिनेमामा मौलिक कथावस्तु र ग्रामीण सन्दर्भ समेटेर फरक स्वाद दिने तयारीमा रहेको निर्माणपक्षको भनाइ छ ।बैशाख २० गतेदेखि धनकुटा जिल्लाको विभिन्न स्थानमा छायांकन गरिने यो फिल्मको बाँकी अभिनय कलाकारबारे खुलाइएको छैन ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    फिल्म‘मिरमिरे’ को टिजर सार्वजनिक

    काठमाडौं : दयाहाङ राई अभिनित फिल्म ‘मिरमिरे’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार युटुबमार्फत फिल्मको टिजरलाई रिलिज गरेको हो।माघ

    बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन

    काठमाडौं । बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । ८९ वर्षको उमेरमा सोमबार मुम्बईस्थित आफ्नै निवासमा उनको निधन भएको हो

    फागुन २९ गते स्त्री देशभर प्रदर्शनमा आउने

    काठमाडौँ । जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको नयाँ नेपाली चलचित्र ‘स्त्री’ ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ

    साम्राज्ञीले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

    काठमाडौँ । अभिनेत्री साम्राज्ञी आरएल शाह विवाह बन्धनमा बाँधिने भएकी छन् । मंगलबार आफ्नो जन्मदिन मनाइरहेकी उनले सोमबार प्रेमीसँग इन्गेजमेन्ट

    बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज

    काठमाडौं। बलिउड अभिनेता धर्मेन्द्र ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज भएका छन्।डाक्टरहरूले उनी स्थिर रहेको र राम्रोसँग निको भइरहेको पुष्टि गरेका छन्।

    अभिनेता धर्मेन्द्रको निधन

    काठमाडौं। भारतीय चलचित्रका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। ८९ वर्षीय अभिनेतालाई श्वासप्रश्वासमा समस्या आएपछि सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा

    Techie IT