Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २७ शनिबार

    अपडेट
    गृहपृष्ठमनोरञ्जनचलचित्र ‘अञ्जिला’ले मनायो ५१ दिन

    चलचित्र ‘अञ्जिला’ले मनायो ५१ दिन


    काठमाडौं | चलचित्र ‘अञ्जिला’ले आज प्रदर्शनको ५१ दिन मनाएको छ। फागुन २९ गतेबाट नेपालसहित विश्वभर प्रदर्शन भइरहेको चलचित्र ‘अञ्जिला’ले शुक्रबार सशस्त्र प्रहरी बल हलचोकमा ५१ दिन मनायो। फागुन २९ गतेबाट नेपालसहित विश्वभर प्रदर्शन भईरहेको चलचित्र ‘अञ्जिला’ले शुक्रबार सशस्त्र प्रहरी बल हलचोकमा भव्य कार्यक्रम गरी ५१ दिन मनाएको हो । कार्यक्रममा बोल्दै निर्देशक मिलन चाम्सले चलचित्र अझै पनि नेपालको ४५ हलहरुमा र २७ वटा देशमा प्रदर्शन भएको बताए ।

    ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म हो, जसमा एन्जिलाले आफैँ प्रमुख भूमिका निभाएकी छन् । फिल्ममा उनीसँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय छ । यो फिल्मको आम्दानीबाट एन्जिलाका लागि काठमाडौंमा घर खरिद गर्ने तयारीमा निर्माता छन् ।

    सम्पुर्णलाई धेरै धन्यवाद ! ‘अञ्जिला’ को २७ वटा देशमा राम्रो प्रदर्शन भइरहेको छ भने, नेपालको ४५ वटा चलचित्र भवनमा चलचित्र चलिरहेको छ यदी कसैले हेर्नुभएको छैन भने हर्नसक्नुहुन्छ,’ उनले भने ।यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले निर्देशक मिलन चाम्स र निमार्ता प्रेम श्रेष्ठको मात्र सफलता नभई चलचित्र उद्योगकै सफलता भएको बताए । उनले नेपाली महिला राष्ट्रिय फुटबल टीमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा देशकै गहना भएको भन्दै यो चलचित्र आफैमा महत्वपूर्ण  रहेको बताए ।

    नेपाली महिला राष्ट्रिय फुटबल टीमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा जीवनीमा आधारित यो चलचित्रमा सुनील थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । सुदीप बरालले छायाङ्कन गरेको चलचित्रमा मिलन श्रेष्ठले सम्पादन गरेका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    फिल्म‘मिरमिरे’ को टिजर सार्वजनिक

    काठमाडौं : दयाहाङ राई अभिनित फिल्म ‘मिरमिरे’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार युटुबमार्फत फिल्मको टिजरलाई रिलिज गरेको हो।माघ

    बलिवुडका वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन

    काठमाडौं । बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । ८९ वर्षको उमेरमा सोमबार मुम्बईस्थित आफ्नै निवासमा उनको निधन भएको हो

    फागुन २९ गते स्त्री देशभर प्रदर्शनमा आउने

    काठमाडौँ । जीवन शाहीको लेखन तथा निर्देशनमा निर्माण भइरहेको नयाँ नेपाली चलचित्र ‘स्त्री’ ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ

    साम्राज्ञीले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

    काठमाडौँ । अभिनेत्री साम्राज्ञी आरएल शाह विवाह बन्धनमा बाँधिने भएकी छन् । मंगलबार आफ्नो जन्मदिन मनाइरहेकी उनले सोमबार प्रेमीसँग इन्गेजमेन्ट

    बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज

    काठमाडौं। बलिउड अभिनेता धर्मेन्द्र ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज भएका छन्।डाक्टरहरूले उनी स्थिर रहेको र राम्रोसँग निको भइरहेको पुष्टि गरेका छन्।

    अभिनेता धर्मेन्द्रको निधन

    काठमाडौं। भारतीय चलचित्रका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। ८९ वर्षीय अभिनेतालाई श्वासप्रश्वासमा समस्या आएपछि सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा

    Techie IT