Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २२ बिहीबार

    अपडेट
    गृहपृष्ठ ∕ समाचार ∕ घरदैलो सहित चुनावी कार्यक्रमलाई तिब्रता दिदै बाँकेका आजपा उम्मेदवार शर्मा

    घरदैलो सहित चुनावी कार्यक्रमलाई तिब्रता दिदै बाँकेका आजपा उम्मेदवार शर्मा


    नेपालगंज, ६ फागुन । आम जनता पार्टी (आजपा)का नेतृ एवं बाँके– ३ की उम्मेदवार विध्या शर्माले घरदैलो कार्यक्रमलाई तिब्रता दिएकी छन् । घरदैलो, भेला, छलफल, भेटघाट लगायत चुनावी कार्यक्रममा व्यस्त रहेकी शर्माले आज सम्पर्क कार्यालयका साथै निर्वाचन परिचालन कमिटी गठन गरेकी छन् ।

    बाँकेको जानकी गाउँपालिका–३ करीयातीपूर्वा, भाटनपूर्वा, कोठारपुरमा आज चुनावी कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम उत्साह, उर्जा, परिवर्तनको आशा सहित सम्पन्न भएको र बाँके–३ का उम्मेदवार शर्माको पक्षमा जनलहर बढिरहेको उनका सहयोगी श्रीकृष्ण शर्माले जनाएका छन् ।

    ‘आम जनता पार्टीका उम्मेदवारको पक्षमा जनलहर बढदै गइरहेको छ । यसपटक आम मतदाताले मोबाइल छापमा मतदान गरी मोबाइल छापका उम्मेदवारलाई बिजयी गराउन उत्साहित हुनुभएको छ,’ बाँके–३ का उम्मेदवार शर्माले बताइन् ।

    चुनावी र्याली तथा घरदैलो कार्यक्रम गर्दै आम मतदातासंग शर्माले भेटघाट गरिरहेकी छन् । ‘परिवर्तनको लहर अब रोकिँदै, जनता जागिसकेका छन्् । मोबाइल चिन्हमा मतदान गरौं, नयाँ नेपाल निर्माण गरौं भन्ने उदेश्यले हामी जनताका बीचमा पुगिरहेका छौं, शर्माले बताइन् ।

    शर्माले नेपालगंज स्थित भेरी अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्दै यहाँको नागरिकलाई गुणस्तरीय स्वास्थय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छन् । ‘नेपालगंज लुम्बिनी प्रदेशको मात्रै नभई कर्णालीको समेत केन्द्र हो । तर नेपालगंजमा बाँके जिल्लाका मात्रै नभई कर्णाली सहितका अन्य जिल्लाबाट उपचार गराउन विरामीहरु आउने गरेका छन् । तर यहाँको सरकारी अस्पतालको सेवासुविधा गरिब, निमुखा, आवाज विहीन जनताले स्वास्थ्य उपचार नपाएको गुनासो छ,’ शर्माले भनिन्, ‘यस क्षेत्रमा एक मेडिकल कलेजको आवश्यक्ता छ । नेपालगंजको भेरी अस्पताललाई मेडिकल कलेज बनाउन म पहल गर्छु । जसले यस क्षेत्रका नागरिकले राम्रो स्वस्थ्य उपचारका साथै विद्यार्थीहरुले एमबिबिएससम्मको पढाई पनि गर्न पाउँछन् ।’

    बाँके जिल्लामा स्वास्थ्यका साथै खानेपानी, जेष्ठ नागरिकलाई दिनुपर्ने सेवा सुविधा, कृषी, सिचाई, मल, बिउ लगायतका विभिन्न समस्याहरु भए पनि यहाँबाट यसअघि चुनावमा जित्ने नेताहरुले काम नगर्दा आम नागरिक समस्या भोग्दै आइरहेको उनले बताइन् ।

    बाँके–३ बाट आफू बिजयी भए यि समस्याहरुको ठोस रुपमा समाधान गर्दै यहाँका नागरिकलाई अत्याधिक सेवा सुविधा दिलाउन काम गर्ने प्रतिबद्धता शर्माले व्यक्त गरेकी छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको

    बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते…

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८३ सालको बडादसैँका लागि घटस्थापनादेखि विजयादशमी (टीका) सम्मको आधिकारिक साइत र धार्मिक समय

    “साइबर सुरक्षा र प्रविधि बलियो बनाएर अनलाइन मतदानतर्फ अघि बढ्छौँ”…

    काठमाडौँ — निर्वाचन आयोगले नेपालमा अनलाइन मतदान प्रविधि तथा निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे सम्भाव्यता अध्ययन र प्राविधिक प्रदर्शन कार्यक्रम

    दसैँ, तिहार र छठका लागि असोज २३ गतेदेखि सार्वजनिक यातायातको…

    काठमाडौँ — सरकारले आसन्न दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आगामी असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    Techie IT