Techie IT
  • The Film Nepal
  • २०८३ आश्विन २० मंगलवार

    अपडेट
    गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ घरजग्गा कारोबारमा उत्साहजनक वृद्धि, काठमाडौंमा कारोबार १५५ प्रतिशतले बढ्यो

    घरजग्गा कारोबारमा उत्साहजनक वृद्धि, काठमाडौंमा कारोबार १५५ प्रतिशतले बढ्यो


    काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा देशभर घरजग्गा कारोबारमा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घरजग्गा कारोबारको संख्या १२.२५ प्रतिशतले बढेको हो।

    महानगरपालिकाहरूमा भने कारोबार वृद्धिदर अझ उच्च देखिएको छ। काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबारको संख्या १५५.७४ प्रतिशतले बढेको छ। त्यस्तै, ललितपुरमा १३६.९२ प्रतिशत, पोखरामा १०८.७१ प्रतिशत, भरतपुरमा ६३.०४ प्रतिशत, विराटनगरमा ४७.५९ प्रतिशत र वीरगञ्जमा २९.१९ प्रतिशतले कारोबार वृद्धि भएको छ।

    कारोबार भएको क्षेत्रफलका आधारमा पनि काठमाडौं महानगरपालिका अगाडि रहेको छ। समीक्षा अवधिमा काठमाडौंमा घरजग्गा कारोबार भएको कुल क्षेत्रफल २०८.२२ प्रतिशतले बढेको छ। त्यस्तै, कारोबारको कुल मूल्यमा समेत काठमाडौंले सबैभन्दा उच्च वृद्धि हासिल गरेको छ। काठमाडौंमा घरजग्गा कारोबारको कुल मूल्य २१७.४० प्रतिशतले बढेको हो।

    उपमहानगरपालिकातर्फ धनगढीमा घरजग्गा कारोबारको संख्या ७३.१६ प्रतिशतले वृद्धि भएको छ। कारोबार भएको क्षेत्रफल वृद्धिमा भने हेटौंडा अगाडि रहेको छ। हेटौंडामा कारोबार भएको क्षेत्रफल १०४.१६ प्रतिशतले बढेको छ। त्यस्तै, कुल कारोबार मूल्यमा हेटौंडामा १८६.८० प्रतिशतको वृद्धि देखिएको छ।

    देशभर समीक्षा अवधिमा लिखत पारितको संख्या १२.२८ प्रतिशतले बढेको छ भने राजीनामा कारोबार २२.८८ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा राजीनामा कारोबारको वृद्धिदर ८.१५ प्रतिशतमा सीमित थियो।

    यस अवधिमा घरजग्गा कारोबार भएको कुल क्षेत्रफलसमेत १५.४१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो।

    पछिल्लो तथ्यांकले घरजग्गा बजारमा कारोबारको संख्या, कारोबार भएको क्षेत्रफल तथा कुल कारोबार मूल्यमा सुधार आएको देखाएको छ। विशेषगरी ठूला सहर तथा महानगरपालिकामा देखिएको उच्च वृद्धिले पछिल्लो समय घरजग्गा बजारमा गतिविधि बढ्दै गएको संकेत गरेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    विद्युत् प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन: महसुल भुक्तानी पूर्ण रूपमा विद्युतीय बनाऊ

    काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिजुलीको महसुल भुक्तानीका लागि नागरिकहरू घण्टौँ लाइन बस्नुपर्ने बाध्यता तत्काल अन्त्य गर्न

    १२ वर्षदेखि अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज गरिने

    काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी

    आर्थिक सुधारका लागि चालु आवमा २७ नयाँ कानुन ल्याउँछौं :…

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सुधारलाई गति दिन सरकारले चालु आर्थिक वर्षमा २७ वटा नयाँ कानुन ल्याउने तयारी गरेको

    वर्षाले कोरला नाका प्रभावित, १५० बढी कन्टेनर रोकिए

    मुस्ताङ । चीनबाट पैठारी गरिएका मालसामान बोकेका १५० भन्दा बढी कन्टेनर कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका–४ न्हेचुङ भन्सार क्षेत्रमा रोकिएका छन्। भारी

    नेप्सेमा सामान्य वृद्धि, ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली शेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ। नेप्से ०.२६ अंकले बढेर

    लाइसेन्स लिएका जलविद्युत् आयोजनाको नियमित अनुगमन गर्न ऊर्जामन्त्रीको निर्देशन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले लाइसेन्स प्राप्त जलविद्युत् आयोजनाको कामको नियमित अनुगमन र फलोअप गर्ने प्रणाली विकास

    Techie IT