घट्यो पेट्रोल डिजेल र मट्टीतेलको मूल्य
काठमाडौं/ १६भदौ, नेपाली बजारमा पेट्रोलियम पदार्थको भाउ घटेको छ। शनिवार सूचना जारी गर्दै नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टीतेल तथा हवाई इन्धनको भाउ घटेको जनाएको छ।
निगमकाअनुसार पेट्रोलको भाउ प्रति लिटर २ रुपैयाँले घटेको छ भने डिजेल र मट्टीतेलको भाउ प्रति लिटर एक रुपैयाँले घटेको छ। त्यस्तै आन्तरिक हवाई उडान इन्धन तर्फ प्रति लिटर ५ रुपैयाँले घटेको छ भने अन्तराष्ट्रिय हवाई इन्धन तर्फ प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटेको छ।
निगमले शनिबार साँझ सार्वजनिक गरेको विज्ञप्ति अनुसार, काठमाडौँमा अब पेट्रोलको मूल्य १६३ रुपैयाँ प्रतिलिटर पर्नेछ। पोखरा र दिपायल क्षेत्रमा पनि यही मूल्य कायम हुनेछ। त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा १६३ रुपैयाँ प्रतिलिटर मूल्य कायम भएको छ।
चारआली, विराटनगर, अमलेखगञ्ज जनकपुर, भलबारी, नेपालगञ्ज, धनगढी, वीरगञ्ज क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्ने निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
तर एलपी ग्यासको प्रति सिलिन्डर ३५ रुपैयाँ ११ ले बढेर आएको भएपनि भाउ यथावत राखिएको छ। निगमकाअनुसार घटेको भाउ भदौ १५ गते मध्यरातिदेखि लागू भएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ खोलाको मापदण्ड पालना नगरी निजी जग्गामा सडक निर्माण गरिएको भन्दै अख्तियारमा उजुरी
- २ सामाजिक सद्भाव जोगाऔँ, विभाजनको राजनीति असफल बनाऔँ
- ३ नेपाल–मोरक्को सम्बन्ध थप मजबुत बनाउन सहकार्य विस्तारमा जोड
- ४ सुनसरी गोलीकाण्ड : उपचारका क्रममा अर्का युवकको मृत्यु, मृतक संख्या तीन पुग्यो
- ५ सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोसी नदीमा खस्यो, तीन जना बेपत्ता
- ६ एलपी ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमद्वारा ‘क्विक रेस्पोन्स टिम’ गठन
- ७ आज बस्दै प्रतिनिधिसभा बैठक, भूमिहीन र सुकुम्बासीको मुद्दा प्रमुख एजेन्डामा

तपाईको प्रतिक्रिया दिनुहोस