काठमाडौँ/१५ कातिक, डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपियाँ घटाएको हो ।
मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एकसय ४७ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि एकसय ४९ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एकसय ५० रुपियाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०।२५ र डिजेलमा १।०४ ले घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ काठमाडौंमा मोबाइल छापप्रति जनलहर बढदो, खुल्यो खगेश रञ्जिकारको सम्पर्क कार्यालय
- २ मिडिया, सामाजिक सञ्जालमा गगन र अमरेशको चर्चा भएपनि घरघर र मतदाताकाबीचमा मोबाइल छापको चर्चा छ : रिंकी साह
- ३ प्रभु साहको उद्घोष—“म प्रधानमन्त्री भएँ भने नेपालमा विद्युत्, सञ्चार सेवा (मोबाइल र डाटा) तथा खानेपानी निःशुल्क उपलब्ध गराउनेछु”
- ४ समृद्धि र विकासका लागि मोवाइलमा मतदान गर्न रुपन्देही–१ का उम्मेदवार बदरु दोजा फकिरको अपिल
- ५ रुपन्देहीमा आजपा उम्मेदवार राधेश्याम गुप्ताको घरदैलो कार्यक्रम तिब्र, मोबाइलमा मतदान गर्न अपिल
- ६ काठमाडौं–८ का उम्मेदवार खगेश रञ्जितको घरदैलो कार्यक्रम तिब्र
- ७ पर्वतमा रास्वपाका सागर भुसाल विजयी

तपाईको प्रतिक्रिया दिनुहोस