Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २५ सोमबार

    अपडेट
    गृहपृष्ठराजनीतिग्राउन्ड जिरो मधेस भाग २: चुनावी मनोविज्ञान र नयाँ विकल्पको खोजी

    ग्राउन्ड जिरो मधेस भाग २: चुनावी मनोविज्ञान र नयाँ विकल्पको खोजी


    हरिशरण तिमिल्सिना, ग्राउन्ड जिरो रिपोर्टिङ /  मधेस प्रदेश |  छठ पर्व सकिएलगत्तै मधेसका बजारहरूमा पुनः राजनीतिक चर्चा तात्न थालेका छन्। सुशीला कार्की नेतृत्वको सरकारले तोकेको फागुन २१ गतेको मितिमा निर्वाचन हुने कि नहुने भन्ने प्रश्नले जनताको उत्सुकता बढाएको छ। तर दलहरूबीच मतैक्य नदेखिए पनि मधेसका आम जनता भने चुनावका लागि तयार छन् — उनीहरू भन्छन्, “नेता बदलिँदा पनि प्रणाली बदलिँदैन, तर भोट भने हामी हाल्न जान्छौं।” चुनावबारे जनताको भावना स्थलगत रूपमा बारा, पर्सा, रौतहट र धनुषाका गाउँ–नगरमा करिब १०० जना सँग गरिएको संवादमा ८० प्रतिशतले चुनावको तयारी सकारात्मक रूपमा लिएका छन्। रौतहटका मुस्लिम बस्ती, जनकपुरका सहरी युवाहरू, र बाराका सीमावर्ती गाउँ, पर्साका सहरी र ग्रामीण इलाका मतदाताहरू सबैको भनाइ मिल्दोजुल्दो पाइयो ।

    उनीहरू ढुक्कसँग भन्छन्, “हामीलाई डर छैन, सुरक्षाको समस्या छैन। सरकारले चुनाव गरायो भने हामी भोट हाल्छौं।” राजनीतिक अस्थिरता, दलभित्रको असन्तोष र नेतृत्वप्रति अविश्वास हुँदाहुँदै पनि, जनतामा मतदानको चाहना अझै बलियो छ। कस्ता उम्मेदवार रोज्न चाहन्छन् त मतदाता ? ग्राउन्डमा गरिएको संवादले स्पष्ट यो देखायो कि मतदाताले अब भाषण होइन, काम गर्ने अनुहार खोजिरहेका छन्। दलगत निष्ठा भन्दा बढी अब व्यक्तिगत इमानदारी, पहुँच र सेवा मनोवृत्तिको माग बढेको छ। “हामीले धेरै वर्ष दलहरूलाई मौका दियौं, अब काम गर्ने मानिस चाहियो,” भन्छिन् रौतहट गौरकी ३५ वर्षीया शिक्षिका राधिका यादव । ६० वर्षमुनिका अधिकांश मतदाताहरूले भने, “हामी अब पुराना नेताबाट थाकेका छौं।” नयाँ दल र स्वतन्त्र उम्मेदवारप्रति रुचि बालेन शाहको शैलीले प्रभावित युवा पुस्ता अहिले स्वतन्त्र उम्मेदवारहरूतर्फ आकर्षित देखिन्छ।

    धेरैले काठमाडौंको अनुभवलाई “राजधानी मात्र होइन, देशभर फैलन सक्ने राजनीतिक चेतना” को रूपमा व्याख्या गरे। तर ग्रामीण बस्तीमा अझै पनि स्वतन्त्र उम्मेदवारलाई “ठूलो संगठन र पैसा नहुने” कारण कमजोर विकल्पका रूपमा हेर्नेहरू पनि छन्। GEN-Z(जनता निर्भर गैरदलिय आन्दोलन) का बारेमा पनि मत बँडिएको छ। शहरका युवाले समर्थन जनाए पनि गाउँमा यसबारे जानकारी सीमित छ। यद्यपि धेरैले भने, “दलहरूलाई ठेगान लगाउने यस्तो नयाँ शक्ति चाहिएको हो।” पुराना दलको जनाधारमा गिरावट स्थानीय तहका कांग्रेस र एमालेका नेताहरू पनि स्वीकार गर्छन् कि , “दलप्रतिको आस्था घट्दै गएको छ, तर संगठन अझै बलियो छ।” त्यो आस्थाको गिरावट र विश्वासको संकटबीच पुराना दलहरू पैसाको प्रयोग, जातीय समीकरण र क्षेत्रीय सञ्जालको भरमा चुनाव जित्ने तयारीमा छन्।

    तर जनस्तरमा भने कुरा स्पष्ट छ , “हामी पैसा होइन, परिवर्तन चाहन्छौं।” मधेसमा शान्ति–सुरक्षा र चुनावी सम्भावना सुरक्षाको दृष्टिले मधेस अहिले अपेक्षाकृत स्थिर छ। रौतहट, पर्सा र बाराका भारत सँग सीमा जोडिएका क्षेत्रमा पनि शान्त वातावरण छ। प्रहरी स्रोतका अनुसार, “स्थानीय सहयोग मिल्ने हो भने मधेसमा चुनाव शान्तिपूर्वक सम्भव छ।” जनताले भने सोझै भनिदिए, “नेता डराएका छन्, जनता होइन।” निष्कर्ष: पुराना दलहरूसँग असन्तुष्टि, तर लोकतन्त्रप्रति भरोसा ग्राउन्ड जिरोको दोस्रो भागमा देखिएको मुख्य चित्र यो हो कि मधेसका जनता पुराना दलप्रति आक्रोशित छन्, संघीयतामा निराश छन्, तर लोकतन्त्रप्रति अझै आस्थावान छन्।

    उनीहरू परिवर्तन चाहन्छन्, तर त्यो परिवर्तन हिंसाबाट होइन, भोटबाट। “हामी भोट हाल्छौं — नेताले धोका दिए पनि, भोट हाम्रो शक्ति हो।” यो वाक्य रौतहटको राजपुर नगरपालिका–९ का एक वृद्धले भनेका थिए। त्यो वाक्यले नै मधेसको राजनीतिक मनोविज्ञान बयान गर्छ आशा मरेको छैन, तर विश्वास फेरि कमाउन नेताले धेरै मेहनत गर्नुपर्नेछ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। रास्वपाका सहमहामन्त्री

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

    कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन्। गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंहको शव

    आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम

    काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    Techie IT