Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २८ बिहीबार

    अपडेट
    गृहपृष्ठसमाचारग्यास वितरण सहज बनाउन काठमाडौं महानगर प्रहरी सक्रिय, डिपोमा अनुगमन र सहजीकरण सुरु

    ग्यास वितरण सहज बनाउन काठमाडौं महानगर प्रहरी सक्रिय, डिपोमा अनुगमन र सहजीकरण सुरु


    काठमाडौं | महानगर प्रहरी बलले बजारमा उपलब्ध एलपी ग्यासको निष्पक्ष र सहज वितरण सुनिश्चित गर्न अनुगमन तथा सहजीकरण अभियान सुरु गरेको छ।

    लामो समयसम्म ग्यास नपाएको, पहुँच भएका उपभोक्ताले मात्रै सहज रूपमा ग्यास पाएको तथा विद्यार्थीलगायत सर्वसाधारणले ग्यास अभावको गुनासो गरेपछि महानगर प्रहरी डिपोस्तरमै वितरण व्यवस्थापनमा सक्रिय भएको हो।

    महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीका अनुसार बजारमा उपलब्ध ग्यास सबै उपभोक्तासम्म समान रूपमा पुग्ने वातावरण बनाउन प्रहरीको भूमिका रहनेछ।

    उनले ग्यास वितरणसँगै सिलिन्डरको म्याद, तौल, फायर एक्स्टिङ्ग्विसरको उपलब्धता, भण्डारणको अवस्था, सुरक्षा मापदण्ड तथा ढुवानीका जोखिमबारे पनि नियमित अनुगमन गरिने जानकारी दिए। उनका अनुसार चारवटै क्षेत्रीय टोलीमार्फत यस्ता सूचकका आधारमा निरन्तर सहजीकरण गरिनेछ।

    अभियानको सुरुआतस्वरूप मंगलबार अनामनगर क्षेत्रका ग्यास डिपोहरूको अनुगमन गरिएको थियो। अनुगमनका क्रममा साना डिपोमा ग्यास पर्याप्त मात्रामा उपलब्ध रहेको भेटिए पनि ठूला डिपोमा ग्यास प्राप्त गर्ने आशमा उपभोक्ताको उल्लेख्य भीड देखिएको थियो।

    यसैबीच, नेपाल आयल निगमले भने विगतझैँ नियमित परिमाणमा ग्यास आपूर्ति भइरहेको जनाएको छ। निगमका अनुसार बजारमा देखिएको असन्तुलन आपूर्तिका कारण नभई उपभोक्ताको माग अस्वाभाविक रूपमा बढेकाले भएको हो।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    समाचार प्रकाशनको विषयमा सम्पादक पक्राउ, प्रेस स्वतन्त्रतामाथि बहस

    काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेपछि प्रेस स्वतन्त्रता र

    एमालेद्धारा लोकतन्त्रमाथि नै हस्तक्षेप भएपछि न्याय माग्दै निर्वाचित जनप्रतिनिधि सर्वोच्च…

    काठमाडौं, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को घरझगडा सर्वोच्च अदालतसम्म पुगेको छ । पार्टीभित्रको गुटगत आक्रोश पोख्न एमालेबाट निर्वाचित

    सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

    रौतहट, ९ साउन । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व

    रोल्पामा पहिरो : दुई जनाको मृत्यु, दुई घाइते, १० जना…

    रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ गते विश्वासको मत लिने

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। नेपाली कांग्रेसले

    अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

    काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने

    Techie IT