Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २३ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारगौशालामा ८ वटा सवारी साधन एक आपसमा ठोक्किए, तीन जना घाइते

    गौशालामा ८ वटा सवारी साधन एक आपसमा ठोक्किए, तीन जना घाइते


    काठमाडौं । काठमाडौँको गौशालास्थित पिंगलास्थानमा बुधबार आठ वटा सवारी ठोक्किएर दुर्घटना भएको छ । गौशालाको पिंगलास्थाननजिक बुधबार बिहान १०ः५५ मा बजे गौशालाबाट तिलगंगातर्फ जादै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।  बसदेखि, हायस, कार, मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।

    बसले ठक्कर दिँदा अन्य सात वटा सवारी साधनमा क्षति पुगेको छ। क्षति भएका अन्य सवारीमा बा५ख ७३१ नंको हायस, बाप्र–०१–०२६च ८५७६ नं को कार, बीएसी ९७७३ नंको कार, बा१६च ४४५२ नंको कार, प्र–२–०१–००३प १००५ नंको मोटरसाइकल, बा५१प २२ नंको मोटरसाइकल, र बाप्र–०२–०४६प ४८१९ नंको स्कुटर छन् ।

    घटनामा तीन जना यात्रु घाइते भएका छन्:

    राजकुमार श्रेष्ठ, ३२, धादिङ ज्वालामुखी गाउँपालिका–१ निवासी (हाल टोखा, काठमाडौं)

    विकास कट्टेल, २२, नुवाकोट टाडी गाउँपालिका–२ निवासी (हाल टोखा, काठमाडौं)

    शैलेन्द्र राई, ३७, खोटाङ हलेसी निवासी (हाल कोटेश्वर, काठमाडौं)

    तीनैजनालाई तत्काल उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ। बस चालक भने घटनापछि फरार छन् र उनको खोजी भइरहेको प्रहरीले बताएको छ।

    प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन –…

    काठमाण्डौ मंसिर २२,सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

    प्रभु बैंकका शेरचनलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको

    गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

    काठमाडौं।सर्वोच्च अदालतले १९ वर्षअघि भएको गौरहत्याकाण्डको बारेमा छानबिन गर्न परमादेश जारी गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहटमा परेको किटानी जाहेरका आधारमा

    जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन

    काठमाडौं। २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा

    निर्वाचन आयोगद्धारा दललाई निर्वाचन चिन्ह प्रदान, पहिलो नम्बरमा सूर्य, दोस्रोमा…

    काठमाडौं।निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा निर्वाचनमा भाग लिने दलहरुलाई ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।१ सय २० वटा राजनीतिक

    नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

    काठमाडौं।सरकारले नागढुंगा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई

    Techie IT