Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारगौर हत्याकाण्ड बारेमा भ्रामक प्रचार नगर्न पीडितको अपिल

    गौर हत्याकाण्ड बारेमा भ्रामक प्रचार नगर्न पीडितको अपिल


    काठमाडौं, ७ वैशाख । गौर हत्याकाण्ड संघर्ष समितिकी संयोजक रुपसागर उपाध्यायले गम्भीर र संवेदनशील आपराधिक घटना बारेमा भ्रामक प्रचार गर्दै अपराधीलाई जोगाउने काम नगर्न अपिल गरेकी छन् ।

    हालै जनआस्था साप्ताहिकमा गौर हत्याकाण्डसम्बन्धी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै उनले उक्त समाचारमा समावेश गरिएका विषयवस्तुहरू तथ्य, प्रमाण र आधिकारिक अभिलेखसँग मेल नखाने, भ्रामक तथा कपोलकल्पित प्रकृतिका रहेको भन्दै कडा आपत्ति जनाएकी छन् ।

    समाचारमा घटनाको तोडमोड, अप्रमाणित आरोपहरूको समावेश, तथा भ्रामक व्याख्याहरू प्रस्तुत गरी जनमानसमा भ्रम सिर्जना गर्ने प्रयास गरिएको बताउदै उनले यो पत्रकारिताको आचारसंहिता तथा प्रचलित कानुनविपरीत रहेको जनाएकी छन् ।

    गौर हत्याकाण्डका हत्यारालाई कानूनी कारबाही गराउन र पीडितलाई न्याय दिलाउनका लागि निरन्तर साथ, सहयोग र अभिभाकीय भूमिका निर्वाह गर्दै सडक, सदनदेखी सर्वोच्च अदालतसम्म सहयोग गर्दै आएका आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहको भूमिकालाई तोडमोड गरी तथ्यविहीन आरोपित जोडनु निन्दनीय र अस्वीकार्य भएको उनले बताइएकी छन् ।

    ‘सबैलाई थाहा छ, हामी पीडितलाई न्याय दिलाउन सुरुदेखि नै सडक, सदन र सर्वोच्च अदालतसम्म आवाज उठाउने नेता प्रभु साह हुनुहुन्छ । उहाँले यो घटनाको प्रारम्भदेखि नै हाम्रो संघर्षमा अभिभावकीय भूमिका निर्वाह गर्दै आउनुभएको छ । एक अर्थमा भन्नुपर्दा उहाँ हामी पीडितका लागि भगवान् सरह हुनुहुन्छ,’ गौर हत्याकाण्डमा पति गुमाएकी पीडित उपाध्यायले भनिन् ।

    घटनामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउनमा सहयोग गर्न अपिल गर्दै उनले गम्भीर र संवेदनशील आपराधिक घटनासम्बन्धी बिषयमा पीडितलाई न्याय दिलाउने तथा दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउने अभियानमा सहयोग गर्न आग्रह गरेकी छन् ।

    ‘हामी पीडित पक्ष विगत करिब १८ वर्षदेखि उक्त जघन्य हत्याकाण्डका दोषीहरूलाई कानुनी दायरामा ल्याई न्याय सुनिश्चित गराउन निरन्तर रूपमा संघर्षरत छौं । यस क्रममा हामीले शान्तिपूर्ण आन्दोलन, सम्बन्धित निकायहरूमा ध्यानाकर्षण, तथा सर्वोच्च अदालतसम्म कानुनी उपचारको बाटो अवलम्बन गर्दै आएका छौं, जुन विषय सर्वविदित नै छ,’ उपाध्यायले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    गौर हत्याकाण्ड जस्तो गम्भीर र संवेदनशील आपराधिक घटनासम्बन्धी विषयमा सञ्चारमाध्यमले उच्चतम पेशागत उत्तरदायित्व, तथ्यपरकता, निष्पक्षता तथा प्रमाणमा आधारित प्रस्तुति दिनुपर्ने कानुनी र नैतिक दायित्व रहेको उनले जनाएकी छन् ।

    यस प्रकारका भ्रामक र तथ्यहीन समाचारहरूले पीडित पक्षको न्याय प्राप्तिको अभियानलाई कमजोर बनाउने, जनमतलाई भ्रमित गर्ने तथा वास्तविक दोषीहरूलाई उन्मुक्ति दिलाउने वातावरण सिर्जना गर्न सक्ने भएकाले उनले गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।

    सम्बन्धित सञ्चारमाध्यम तथा सरोकारवाला पक्षलाई यस्ता भ्रामक, तथ्यहीन तथा गैरजिम्मेवार समाचारहरू तत्काल सच्याउन, प्रकाशित सामग्रीको औपचारिक खण्डन तथा आवश्यक सुधारसहित पुनःप्रकाशन गर्न, र भविष्यमा यस्ता कार्य नदोहोर्याउन उनले आग्रह गरेकी छन् ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने

    काठमाडौँ । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको कुल मूल्यको

    Techie IT