गोरखाको छेकम्पारमा ठूलो पहिरो, स्यारखोला केही समय थुनियो
गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित चौँरीखर्कपारि ठूलो पहिरो खसेपछि बूढीगण्डकीको सहायक नदी स्यारखोला केही समय थुनिएको छ ।
सोमबार बिहान करिब १० बजे खसेको पहिरो स्यारखोलाको छेउसम्म आइपुगेको स्थानीयले बताएका छन् ।
पहिरो ठूलो भए पनि हाल नदीमा ताल बनेको अवस्था नरहेको जनाइएको छ । नदीको बहाव ठाडो रहेकाले पानी साविककै गतिमा बगिरहेको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाले पनि बूढीगण्डकी नदीको बहाव सामान्य रहेको जनाएको छ ।
पहिरोका कारण नदीको बहावमा कुनै पनि बेला असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै धादिङ–गोरखा हुँदै बग्ने बूढीगण्डकी नदी आसपासका बासिन्दालाई नदी किनारमा नजान र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ गोरखाको छेकम्पारमा ठूलो पहिरो, स्यारखोला केही समय थुनियो
- ७ ट्रम्पद्वारा इरानसँगको वार्ता रोक्न निर्देशन, सम्झौताका लागि तेहरान तयार हुनुपर्ने अडान

तपाईको प्रतिक्रिया दिनुहोस