गोदावरी वडा नं. ३ बालमैत्री वडा घोषित
ललितपुर/६चैत, ललितपुरको गोदावरी नगरपालिका वडा नं. ३ बालमैत्री वडा घोषित हुन सफल भएको छ ।”सम्मानित बालापन – सुनिश्चित बालअधिकार, बालमैत्री तथा समुन्नत गोदावरीको आधार” भन्ने नाराका साथ बिहिवार गोदावरी नगरपालिकाको वडा नं. ३ बालमैत्री वडा घोषणाभएसंगै नगरपालिका नै बालमैत्री स्थानीय तह घोषणा हुनेगरी काम अगाडि बढेको जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फूँयालले जानकारी दिनुभयो।
बालमैत्री वडा घोषणाको अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्नुहुँदै प्रमुख फूँयालले यो घोषणाले थप नयाँ सभ्यताको सुरुवात गरेको भन्दै २०७२ सालको संविधानले सुरु गरेको नयाँ अधिकारको कार्यान्वयनमा गोदावरी नगरपालिकाले निर्वाह गरिरहेको भूमिकाको प्रशंसा गर्नुभयो।
“अधिकार संविधानमा लेखेर मात्रै सुनिश्चित हुँदैन, त्यसका लागि सफल कार्यान्वयन पनि आवश्यक छ, बालमैत्री वडा घोषणाका लागि सहयोग पुर्याउने सबैलाई आभार व्यक्त गर्दछु, दुई बर्षदेखि निरन्तर क्रियाशील भएर निरन्तर काम गर्न सफल भएकोमा खुसी मिलेको छ।” उहाँले भन्नुभयो।
उहाँले वडाभित्रका प्रत्येक नागरिकलाई जानकारी दिन बालमैत्री वडा घोषणा तामझामका साथ गर्नुपरेको बताउँदै गोदावरीलाई अझै थप सुन्दर बनाउँदै पर्यटकको आकर्षणको केन्द्र बनाउन संघ प्रदेश र स्थानीय तह मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो।
नगरप्रमुख गजेन्द्र महर्जनले नगरपालिकाभित्र सबैलाई सुरक्षित रहने वातावरण तयार गरेर विकास निर्माणका गतिविधिहरु अगाडि बढाउने जानकारी गराउँदै नगरभित्रका बाँकी रहेका दुई वटा वडा पनि यसै महिना बालमैत्री वडा घोषणा हुने बताउनुभयो। उहाँले अर्को महिना नगरपालिका बालमैत्री स्थानीय तह घोषणा हुने जानकारी गराउँदै बालश्रम र बालबिवाहमुक्त स्थानीय तहको सुनिश्चितताका लागि अनुगमनलाई तिव्रता दिने प्रतिवद्धता जनाउनुभयो।
बालबालिकालाई सामाजिक सञ्जालमा आउने गलत सुचनाहरुबाट प्रभावित नहुन आग्रह गर्दै सचेत रहन अनुरोध गर्दै उहाँले देशका सचेत नागरिक तयारका लागि तल्लो तहदेखि नै ध्यान दिएर लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले गोदावरी नगरपालिका पर्यटकीय क्षेत्र भएकोले पर्यटन बिकासका लागि वडाले गरिरहेको प्रयास र गतिविधिलाई नगरपालिकाले सहयोग पुर्याउने प्रतिवद्धता जनाउनुभयो।
राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष बमबहादुर बानियाँले नेपालले बिश्व बालअधिकार अभिसन्धिमा हस्ताक्षर गर्नुका साथै देशको संविधानमा समेत समेटेको जानकारी गराउँदै त्यही अनुसार नीतिगत व्यवस्था गर्दै बालमैत्री स्थानीय शासनमा जोड दिइएको जानकारी गराउनुभयो। उहाँले राष्ट्रियस्तरमा तय गरिएको नीति अनुसार सबैखालक सूचक पूरा गरेकोले बालमैत्री घोषणा भएको जानकारी गराउँदै स्थानीय, प्रदेश र संघले एकआपसमा मिलेर सहकार्य गर्दै बालसंरक्षण, बालविकास र बलप्रतिभा प्रस्फुटनमा लाग्नुपर्नेमा जोड दिनुभयो।
गोदावरी नगरपालिकाकाको उपप्रमुख मुना अधिकारीले बालबालिकाहरुका हकहीतका साथै स्थानीय विकास निर्माणमा जनप्रतिनिधिहरुलाई खबरदारी गर्न बालबालिकालाई आग्रह गर्नुभयो। उहाँले सामाजिक सञ्जालको अत्याधिक प्रयोग र सचेतनाको कमीले बालबालिकार अभिभावकबीचको अन्तरसम्बन्धलाई कमजोर बनाउँदै लगेको भन्दै यसतर्फ ध्यानदिएर सचेतना जगाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो।
बागलुङको बडीगार्ड गाउँपालिकाका प्रमुख गण्डकी थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा महत्त्वपूर्ण ख्याती प्राप्त गरेको यस नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा गर्नेक्रममा सफलता प्राप्त गर्ने चरणमा रहेकोमा खुसी व्यक्त गर्दै यसलाई दिगोपन दिन समेत सफल हुन आग्रह गर्नुभयो।
किटानी माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बालबालिकालाई सबैभन्दा राम्रो बाताबरण र अवसर प्रदान गर्ने जिम्मेवारी अभिभावकदेखि समुदायका सबैको महत्त्वपूर्ण भूमिका रहेको भन्दै बालमैत्री व्यवहार र शासनका लागि हरेकले आत्मसात गर्दै दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो।
गोदावरी नगरपालिका वडा नं. ३ का अध्यक्ष सानुराज घिमिरे (राज)ले बालमैत्री वडा घोषणासंगै यसलाई दिगो बनाउन ध्यान दिने बताउनुभयो। उहाँले विद्यार्थी र विद्यालयलाई ध्यान दिएर प्रेरित र उत्प्रेरित गर्दै अगाडि बढ्नेमा जोड दिनुभयो।
महिला तथा बालबालिका शाखा प्रमुख सीता गुरुङले जनप्रतिनिधि र कर्मचारीहरुको समन्वय र सहकार्यमा स्थानीय समुदायलाई विश्वास दिलाउँदै विभिन्न अल्पकालीन र दीर्घकालीन कार्यहरु गरी बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका कामहरू गरेको बताउनुभयो।
गोदावरी बाल सञ्जलका अध्यक्ष स्माइल राईले परिवर्तन आफ्नै सोच र कार्यबाट सुरु हुने भन्दै गोदावरीको वडा नं. ३ ले ५१ वटा सूचक पूरा गरि बालमैत्री वडा घोषित हुन सफल भएको बताउनुभयो।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
- ७ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित

तपाईको प्रतिक्रिया दिनुहोस