काठमाडौं । साहित्यकार गोकुल व्याकुलद्वारा लिखित तथा सम्पादित पुस्तक ‘भूकम्पका कथा–व्यथा’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहालले कृतिकार व्याकुलका बारेमा बोल्दै उनको मूल परिचय कवि भएको बताए ।
यसपटक कृतिकारले २०७२, बैशाख १२ मा भोगेको भूकम्पलाई आफ्नो कृतिमा उतारेको उल्लेख गर्दै यस कृतिभित्र रहेका विषय सन्दर्भबारे बोले ।
मिर्गौलाको बिरामी हुँदा पनि कृतिकारमा देखिएको उर्जाले यो पुस्तक पाठक माझ ल्याएको बताउँदै डा. दाहालले यो कृति उनको ६ दशकको साधनाको उपलब्धि भएको उल्लेख गरे ।प्रा.डा. गोविन्दमानसिंह कार्कीले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै भूकम्पसँग जोडिएका अनेक रचना यसभित्र रहेको उल्लेख गरे । कृतिमा कूल ४१ वटा रचनाहरू समावेश भएको बताउँदै डा. कार्कीले भूकम्पको कथा व्यथा यसमा भेटिने बताए । कृतिकार गोकुल व्याकुलले आफ्नो काव्य यात्राको चर्चा गर्दै कृति तयार गर्दाको अनुभूति सुनाए ।
स्रष्टा समाजका संरक्षक साहित्यकार पवन आलोकले कृतिकार र आफू अरुण नदी वारिपारिको भएको चर्चा गर्दै उनीसँग विराटनगरमा परिचित भएको बताए । आलोकले यो उमेरमा पनि उनको साहित्यिक सक्रियताको चर्चा गरे ।साहित्यकार श्रीओम श्रेष्ठ रोदनले ०७२ सालको भूकम्पको प्रसंग उठाउँदै त्यसबेला सडक सडकमा पुगेर रात बिताउनेहरूले भूकम्प बिर्सिसकेको बताए । उनले गोकुल व्याकुलले तिनै सन्दर्भको दस्तावेजीकरण गरेको बताए ।
पुस्तक कृतिकारकी पत्नी सूर्यकुमारी भण्डारीले प्रकाशनमा ल्याएकी हुन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बालेनले बुझाए चुनावमा १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण
- २ आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
- ३ गल्ती गर्नेलाई कारबाहीको सिफारीस गरिएको छ : आयोग
- ४ राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ
- ५ प्रधानन्यायाधीशको निम्ति ६ न्यायाधीशहरुको नाम संवैधानिक परिषदमा
- ६ पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्षओलीलाई पितृ शोक
- ७ सुनसरी-१ मा हर्कराज साम्पाङ विजयी

तपाईको प्रतिक्रिया दिनुहोस