Techie IT
  • The Film Nepal
  • २०८३ असार ४ बिहीबार

    अपडेट
    गृहपृष्ठसमाचारगेटा अस्पतालमा मेमोग्राम सेवा सुरु

    गेटा अस्पतालमा मेमोग्राम सेवा सुरु


    कैलाली/ ५ असाेज, कैलालीमा रहेको गेटा अस्पतालमा स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राम सेवा सुरु भएको छ। बुधबारदेखि अस्पतालले सातामा दुई दिन सेवा दिने गरी मेमोग्राम सेवा सञ्चालनमा ल्याएको हो।
    अस्पतालका निर्देशक डा विप्लव सापकोटाका अनुसार रेडियोलोजिष्ट डा होमप्रसाद पन्तले मेमोग्राम सेवा दिनेछन्। अस्पतालले सोमबार र बिहीबार उक्त सेवा दिने गरी कार्यतालिका बनाएको छ।
    ‘आजबाट सेवा सञ्चालनमा ल्याएका छौं,’ डा सापकोटाले भने, ‘अब गेटामा सातामा दुई दिन मेमोग्राम सेवा नियमित रुपमा लिन सकिन्छ।’
    चिकित्सकहरुका अनुसार मेमोग्राम स्तन क्यान्सरको समयमा नै पहिचान गर्ने उपयुक्त विधि हो।
    गेटामा पछिल्लो समय सेवाहरु थप हुँदै गइरहेको छ। अस्पतालमा गत महिनादेखि इनडोर सेवा सुरु भएको थियो। डेढ महिना अघि अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएको थियो।
    सेवा थप हुँदै गएपछि अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या पनि थपिँदै गएको छ। अस्पतालमा हाल दैनिक करिब ५० जना बिरामी सेवा लिन आउने गरेका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो,…

    काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ

    नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न चार सदस्यीय…

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनद्वारा विभिन्न समयमा गरिएका उपकरण, प्रविधि तथा सेवा खरिद

    प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले…

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न

    परराष्ट्रमन्त्री खनाल र सीपीपीसीसी अध्यक्ष वाङ हुनिङबीच भेटवार्ता

    काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नेसनल कमिटी अफ द पिपल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी)

    राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। आयोगको टोलीले मंगलबार

    देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईका केही जिल्लामा…

    काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको

    Techie IT