Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठराजनीतिगृहमन्त्री गुरुङले गरे आईजी कार्कीको बचाउ, सांसदलाई ‘न्यायाधीश नबन्न’ चेतावनी

    गृहमन्त्री गुरुङले गरे आईजी कार्कीको बचाउ, सांसदलाई ‘न्यायाधीश नबन्न’ चेतावनी


    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक (आईजी) दानबहादुर कार्कीमाथि लागेको आरोप पुष्टि नभएसम्म त्यसकै आधारमा निष्कर्ष निकाल्न नहुने बताएका छन्। उनले सांसदहरूलाई उजुरीकै भरमा न्यायाधीशको भूमिका निर्वाह नगर्नसमेत चेतावनी दिएका छन्।

    कानुन समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले आरोप लाग्दैमा कुनै व्यक्तिको चरित्रहत्या गर्न नहुने बताए। उनले आईजी कार्कीसहित कर्मचारीहरू सरकारको नीति र स्पिरिटअनुसार काम गर्न खटिएको उल्लेख गरे।

    “उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन। आरोप जो–कोहीलाई लाग्यो भन्दैमा चरित्रहत्या गर्न पाइँदैन। यसमा गृह मन्त्रालयकै ध्यानाकर्षण भएको छ,” उनले भने।

    गुरुङले आरोप लगाउन जोसुकैले सक्ने भए पनि त्यसलाई पुष्टि नगरी निष्कर्षमा पुग्न नहुने बताए। आईजी कार्कीमाथि उठेका विषय गम्भीर भएकाले आफूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको उनको भनाइ थियो।

    “आईजीसहित कर्मचारी सरकारको स्पिरिटमा काम गर्न खट्नुभएको छ। आरोप लगाउन जोसुकैले लगाउन सके। तर पुष्टि नभएसम्म कारबाही गर्न हुँदैन,” उनले भने।

    उनले आफूलाई समेत उक्त विषय गम्भीर लागेको भन्दै सम्बन्धित ठाउँमा कुरा राख्नुपर्ने अवस्था आएको बताएका छन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कृष्णभीर सडक अवरुद्ध भएपछि बाइरोडबाट इन्धन र ग्यास आपूर्ति निरन्तर

    काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले त्रिभुवन राजपथ (बाइरोड) हुँदै काठमाडौं उपत्यका तथा आसपासका

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    Techie IT