Techie IT
  • The Film Nepal
  • २०८३ बैशाख ८ मंगलवार

    अपडेट
    गृहपृष्ठराष्ट्रियगाेलभेडाकाे मुल्य हालसम्मकै उच्च

    गाेलभेडाकाे मुल्य हालसम्मकै उच्च


    काठमाडौं/ ८ कातिक, पछिल्ला केही दिनयता उपत्यकामा गोलभेँडाको मूल्य बढेर थोकमै प्रतिकेजी १८० रुपियाँ पुगेको छ । उपत्यकावासीको माग अनुसार गोलभेँडाको आपूर्ति हुननसक्दा मूल्य बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
    खुद्रामा यसको मूल्य प्रतिकेजी दुई सय रुपियाँदेखि २५० रुपियाँसम्ममा किनबेच भइरहेको छ । समितिका अनुसार केही दिनअगाडि देशभर आएको अविरल वर्षाले गोलभेँडा खेतीमा क्षति पुगेकाले मूल्य उच्च भएको हो । कालीमाटीका व्यापारी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले गोलभेँडाको मूल्य यति धेरै महँगो भएको यो पहिलो पटक भएको बताउनुभयो ।
    उहाँका अनुसार यहाँभन्दा अघि गोलभेँडाको मूल्य यति धेरै महँगिएको थिएन । उपभोक्ताले बढीमा १५० देखि १८० रुपियाँ तिरेका थिए । उहाँका अनुसार अहिले कालीमाटी बजारमा गोलभेँडाको मूल्य प्रतिक्रेट तीन हजारदेखि तीन हजार पाँच सय रुपियाँसम्म पुगेको छ । तिहारपछि बिस्तारै गोलभेँडाको मूल्य घट्ने बताउनुभयो । आचार्यका अनुसार हाल काठमाडौँ र भक्तपुरका केही ठाउँबाट गोलभेँडा आइरहेको छ ।

    यसअघि काठमाडौँ उपत्यका, चितवन, रामेछाप, धादिङ, पालुङ, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोटलगायतका जिल्लाबाट कालीमाटी तरकारी बजारमा गोलभेँडा आउने गरेका थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। सिंहदरबारस्थित

    अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे विषयगत मन्त्री र सचिवहरूसँग बजेट तयारी…

    काठमाडौं | आगामी आर्थिक वर्षको बजेट तयारीबारे विषयगत मन्त्री र सचिवसँग अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफल गरेका छन् ।सोमबार अर्थ मन्त्रालयमा

    ३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने

    काठमाडौं । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारी साधन सञ्चालन सेवा प्रदान गर्न काठमाडौँ महानगरपालिकाले अन्तिम ३ दिनको अवधि दिएको छ

    गौर हत्याकाण्ड बारेमा भ्रामक प्रचार नगर्न पीडितको अपिल

    काठमाडौं, ७ वैशाख । गौर हत्याकाण्ड संघर्ष समितिकी संयोजक रुपसागर उपाध्यायले गम्भीर र संवेदनशील आपराधिक घटना बारेमा भ्रामक प्रचार गर्दै

    भुपदेव शाहलाई महामन्त्री बनाउने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भुपदेव शाहलाई महामन्त्री बनाउने निर्णय गरेको छ ।आज बसेको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने निर्णय

    विश्वविद्यालयमा दलीय राजनीति निषेध गर्न उपकुलपतिहरूलाई प्रधानमन्त्री शाहको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय

    Techie IT